बुधबार, ०८ चैत्र २०७९

लुम्बिनी प्रदेशको रुपन्देही र कपिलवस्तुमा संकटासन्न समूदायको उत्थानशिलता परियोजना सुरु

रुपन्देही १३ माघ । लुम्बिनी प्रदेशको रुपन्देही र कपिलवस्तु  जिल्लाको ४ स्थानीय तहमा न्यून आय भएका र संकटासन्न समूदायहरुको उत्थानशिलता अभिबृद्धि परियोजना सुरु भएको छ । परियोजना रुपन्देहीका लुम्बिनी सास्कृतिक नगरपालिका र सम्मरीमाई गाउँपालिका तथा कपिलबस्तुका शुद्धोधन र मायादेबी गाउँपालिकामा सञ्चालन हुनेछ । 

३ बर्ष सम्म चल्ने परियोजनाले ९ हजार ५०० घरपरिवारको खानेपानी सरसफाई तथा स्वच्छता प्रर्बधन , खाद्य सुरक्षा र जिबिकोपार्जन , जलबायू परिबर्तन अनुकुलन र सामूदायिक शान्ति निर्माणका लागि कृयाकलाप सञ्चालन गरी  उत्थानशीलतामा सुधार ल्याउने लक्ष रहेको इस्लामिक रिलिफ नेपालका कार्यक्रम सल्लाहकार लक्ष्मीराज जोशीले  जानकारी दिनुभयो । 

उक्त परियोजना रुपन्देही जिल्लामा बिकास तथा प्रकोप व्यबस्थापन केन्द्र (सिडिएम) नेपाल र कपिलबस्तुमा लुम्बिनी एकिकृत बिकास संस्था नेपालले कार्यान्वयन गर्न लागेको सिडिएम नेपालका कार्यकारी निर्देशक धर्मराज घिमिरेले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै इश्लामिक रिलिफ नेपालका देशीय प्रमुख तल्हा जमालले परियोजनालाई सफल बनाउनका लागि सरोकारवालाहरुबाट आएका सकारात्मक सुझावलाई ग्रहण गर्दै कार्यन्वयन गर्दै लैजाने बताउनु भयो । 

जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले पिछडिएको क्षेत्रमा सञ्चालन गर्न लागिएको परियोजनाले न्यून आय भएका समूदाय लाभान्वित हुने बताउनु भयो । उहाँले कार्यक्रम सम्पन्न गर्नका लागि आवश्यक समन्वय र सहकार्य गर्नका लागि तयार रहेको समेत बताउनु भयो । 

प्रदेशको कृषि तथा भूमि व्यबस्था मन्त्रालयका निमित्त सचिब अनिल मरासिनीले आवश्यकताका आधारमा कृयाकलाप तयार गर्ने र लाभग्राही छनौट गर्ने हो भने परनिर्भरता कम हुदै आत्मनिर्भरता बढ्दै जाने बताउनु भयो । साथै वहाले परियोजनाको असल अभ्यास तथा सिकाइहरुलाई बिभिन्न सरोकारवालाहरु माझ पुरयाउनु पर्ने कुरामा जोड दिनुभयो । 

कार्यक्रममा बोल्ने सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुले लक्षित बर्गले महशुष गर्नेगरी कृयाकलाप सञ्चालन गर्नुपर्ने बताउदै लाभाग्राहीले दोहोरो लाभ नपाउने गरि लाभग्राही छनौट गर्न सुझाव दिएका थिए ।  

बुटवलमा भएको प्रदेश स्तरिय परियोजना शुभारम्भ कार्यशालामा मुख्यमन्त्री कार्यालय , आन्तरिक मामिला तथा कानुन मन्त्रालय , कृषि बिकास निर्देशनालय , डिभिजन बन कार्यालय , कृषि ज्ञान केन्द्र का साथै कृषि र पशुको क्षेत्रमा सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि , सञ्चारकर्मी लगाएतकोसहभागिता रहेको थियो ।  
 

प्रतिक्रिया दिनुहोस