सोमबार, १७ असोज २०७९

दामनमा सानिमा लाईफको सेवा बिस्तार

हेटौडा १ असोज । सानिमा लाईफ इन्स्योरेन्सले मकवानपुरको थाहा नगरपालिकामा दामन शाखा कार्यालयको स्थापना गरेको छ । वडा नम्बर ४ को थाना बजार पेट्रोल पम्प नजिकै स्थापना गरिएको दामन शाखा कार्यालयको नगर उपप्रमुख भरत गोपालीले उद्घाटन गर्दै जीबन बीमाको आश्यकता बढ्दै गएको बताउनु भयो । 

सो अबसरमा बोल्दै सानिमा लाईफ इन्स्योरेन्सका मुख्य प्रबन्धक गणेश चौलागाईले जीबन बीमाको आवश्यकता र महत्वको बारेमा प्रकास पार्दै सानिमा लाईफका बीमा योजनाहरु समय सापेक्ष र प्रतिफलयोग्य रहेको बताउनु भयो । 

मुख्य प्रबन्धक गणेश चौलागाईको सभापतित्वमा भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष हिरेन्द्र रायमाझी , कम्पनीका क्षेत्रिय प्रबन्धक नरेश थापा , व्याव्सनका नगर अध्यक्ष सुरेन्द्रमान प्रधान , बिभिन्न बित्तिय संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगाएतको सहभागिता रहेको थियो । सो अबसरमा अभिकर्ता तालिमको समेत आयोजना गरिएको थियो । 
 

प्रतिक्रिया दिनुहोस