सोमबार, १७ असोज २०७९

चाँदनीको अधिबेसनबाट नयाँ नेतृत्व चयन

रुपन्देही २६ असार । चाँदनी नेपाल रुपन्देहीको पाँचौ अधिबेसन तथा १४ औ बार्षिक साधारण सभा शुक्रबार बुुटवलमा सम्पन्न भएको छ । अधिबेसनले राजु शाह को अध्यक्षतामा नयाँ कार्य समिति निर्बिरोध रुपमा चयन गरेको छ । 

उपाध्यक्षमा धर्मराज घिमिरे , महासचिब तारा काफ्ले , कोषाध्यक्ष श्रृजना भटराई आचार्य  रहनु भएको छ । सदस्यहरुमा उषाकिरण पन्थ, सुनिल हरिजन र भगबती बेल्बासे रहनु भएको छ । साधारणसभा तथा अधिबेसनले अध्यक्ष र कोषाध्यक्षको प्रतिबेदन पारित गरेको छ । 

अधिबेसनको उद्घाटन गर्दै नेपाल पत्रकार महासंघका पूर्ब केन्द्रीय अध्यक्ष तारानाथ दाहालले नागरिकस्तरबाट खोलिएका संस्थाहरुको दिगोपन नै लोकतन्त्रको सबलिकरण हो भन्नुभयो । फ्रिडम फोरमका कार्यकारी प्रमुख समेत रहनु भएका दाहालले लोकतन्त्रको स्थानीयकरण गर्न सामाजिक संस्थाहरुले पुराएको योगदानलाई राज्यले नजरअन्दाज गर्न नपाउने बताउनु भयो । 

गैर सरकारी संस्था महासंघका रुपन्देहीका अध्यक्ष धर्मराज घिमिरेले सामाजीक संघसंस्थाहरु बिकासका साझेदार हुन भन्दै राज्यले प्रतिश्पर्धीको रुपमा हेर्न नहुने बताउनु भयो ।
कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक भवानीप्रसाद पाण्डेले संस्थालाई दिगो , बिश्वसनीय , पारदर्शी र समयसापेक्ष ढंगबाट अगाडि बढाउनका लागि सामूहिक सहकार्य आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका निबर्तमान अध्यक्ष यानेन्द्र जि सि ले आपनो कार्यकालमा चाँदनी नेपाल सगको सहकार्यमा पत्रकारको हकहित संरक्षणका लागि कार्यक्रम भएको बताउनु भयो । २०६३ सालमा स्थापना भएको चाँदनी नेपालले शान्ती , लोकतन्त्र , मानवअधिकार , सुशासन तथा जिबिकोपार्जनको पक्षमा सञ्चार पैरवी लगाएतका कार्यक्रम गर्दै आएको छ ।  
 

प्रतिक्रिया दिनुहोस