सोमबार, १७ असोज २०७९

इन्द्रेणीको अधिबेसनबाट नयाँ नेतृत्व चयन

बुटवल २६ असार । इन्द्रेणी ग्रामिण बिकास केन्द्र रुपन्देहीको शनिबार बुटवलमा सम्पन्न आठौ अधिबेसन तथा २७ औ बार्षिक साधारण सभाले महेन्द्र पाण्डे अध्यक्ष रहेको नयाँ कार्यसमिति चयन गरेको छ । कार्य समितिको उपाध्यक्षमा चेतना थापा , सचिब सुबास नेपाली , कोषाध्यक्ष सिता रोकाहा रहनु भएको छ । 

सदस्यहरुमा चाणक्य अधिकारी, गिता ज्ञवाली,शारदा घिमिरे,ओमप्रकास बानिया र जयस मोहम्मद खान रहनु भएको छ । यसअघि अधिबेसनको उद्घाटन गर्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईले सामाजिक संघसंस्थाहरुले स्थानीय बिकासमा महत्वपुर्ण योगदान दिएको बताउनु भयो । 

कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक प्रदिप शाहले २०५१ सालमा स्थापना भएको संस्थाले शिक्षा , स्वास्थ्य , सुशासन , मानवअधिकार तथा जिबिकोपार्जनको क्षेत्रमा निरन्तर काम गर्दै आएको बताउनु भयो । 

सो अबसरमा सुद्धोधन गाउँपालिका अध्यक्ष बिष्णु बश्याल , कञ्चन गाउपालिका अध्यक्ष नबराज ढकाल , कोटहिमाई गाउपालिका कार्यकारी अधिकृत अनन्तपाणी मरासिनी , नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डे, गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य गोबिन्द रेग्मी , प्रदेश अध्यक्ष जीतकुमारी बेल्वासे,फेयरमेड फाउण्डेसनका कार्यक्रम संयोजक शशिकुमारलाल कर्ण , हेफर परियोजनाका कार्यक्रम प्रबन्धक प्रेम स्याङबो लगाएतले बोल्नु भएको थियो । 

साधारण सभाले अध्यक्ष बिष्णु गौतमको प्रगति प्रतिबेदन र लेखा तथा प्रशासन प्रमुख राजु शाहको आर्थिक प्रतिबेदन,आगामी बर्षको कार्यक्रम तथा बजेट पनि पारित गरेको थियो । 
 

प्रतिक्रिया दिनुहोस