सोमबार, १७ असोज २०७९

सानिमा लाईफ बुटवलद्धारा मृत्यू दावी भुक्तानी

बुटवल २१ असार । सानिमा लाईफ इन्स्योरेन्सले मृत्यू दावी भुक्तानी गरेको छ ।

२०७९ जेठ ४ गते बुटवलको कालिकानगरमा भएको मोटरसाइकल दुर्घटनामा परि ज्यान गुमाएका गुल्मी थोर्गा घरभई हाल रुपन्देहीको तिलोत्तमा ३ मा बस्दै आएका बसन्त ज्ञवालीकी श्रीमती रिता ज्ञवालीलाई मृत्यू दावी भुक्तानी गरिएको बुटवल शाखा प्रबन्धक प्रकास गौतमले जानकारी दिनुभयो । 

शाखा प्रबन्धक प्रकास गौतम , कर्मचारी मिना घिमिरे , एजेन्सी म्यानेजर कृष्णबहादुर क्षेत्री तथा मृतकका आफन्त हरिष ज्ञवालीको उपस्थितीमा क्षेत्रीय प्रबन्धक मदन गाहाले मृतककी श्रीमती रिता ज्ञवालीलाई १० लाखको चेक बुटवल स्थित क्षेत्रिय कार्यालयमा आयोजित कार्यक्रममा मंगलबार हस्तान्तरण गर्नुभएको हो ।

ज्ञवालीले २ बर्षअघि सानिमा लाईफको बुटवल शाखाबाट ५ लाखको दम्पती जीबन बिमा गर्नुभएको थियो । दम्पती जीबन बिमा योजनामा बिमित २ मध्ये जसको मृत्यू भएपनि जिबितले दावी भुक्तानी पाउने , बाँकी किस्ता मिनाहा हुने र बिमा योजना भने चलिरहने बिषेशता रहेको सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले बताएको छ ।  

प्रतिक्रिया दिनुहोस