सोमबार, १७ असोज २०७९

बुटवलमा मिष्टर रुपन्देही प्रतियोगिता हुदै

रुपन्देही १ चैत्र । बुटवलमा मिष्टर रुपन्देही जिल्ला स्तरीय शारीरिक सुगठन प्रतियोगिता २०७८ हुने भएकोछ । एक्टिभ प्लस जिम एण्ड फिटनेस बुटवल बेलबासको आयोजना तथा रुपन्देही जिल्ला जिम तथा फिटनेस व्यबसायी संघ र रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटसेन संघको सहकार्यमा चैत्रको ५ गते शनिबार बेल्बासमा प्रतियोगिता हुन लागेको खेल संयोजक सरोज सिंहले जानकारी दिनुभयो । 

५५ , ६० , ६५ , ७० र ७० भन्दा माथीको गरी पाँच तौल समूहमा रुपन्देहीका ३२ जिम सेन्टरका ५० भन्दा बढि खेलाडिले प्रतिश्पर्धा गर्नेछन् । मिस्टर रुपन्देहीले ५० हजार नगद , ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । ओभर अलमा दोश्रो देखि पाँचौ तथा प्रत्येक तौल समूहमा प्रथम , दोश्रो , तेश्रो तथा सान्त्वना हुने खेलाडि समेतले नगद पुरस्कार प्राप्त गर्नेछन । आयोजकका अनुसार प्रतियोगिता सम्पन्न गर्नका लागि ६ लाख ५० हजार रुपैया खर्च लाग्ने अनुमानछ । 

कार्यक्रममा रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष सितुप्रसाद श्रेष्ठ र रुपन्देही जिल्ला जिम तथा फिटनेस व्यबसायी संघका अध्यक्ष बिजेन्द्रमान श्रेष्ठले कोरोनाले थलिएको जिम व्यबसाय र सुस्ताएका खेलाडिहरुमा उर्जा भर्नका लागि यस्ता खालका प्रतियोगिताहरुले टेवा पुर्याउने बताउनु भयो । 
 

प्रतिक्रिया दिनुहोस