सोमबार, १७ असोज २०७९

इन्द्रेणीले गर्यो सामाजिक परिक्षण

रुपन्देही १२ फागुन । इन्द्रेणी ग्रामिण बिकास केन्द्र रुपन्देहीले सामाजिक परिक्षण सम्पन्न गरेको छ ।
कार्यक्रममा अध्ययन प्रतिबेदन सार्बजनिक गर्दै श्रोत व्यक्ति कर्णबहादु्र नेपालीले सामाजिक परिक्षणले सामाजिक संस्थाहरुको आन्तरिक अबस्थालाई पहिचान गर्दै बिश्वसनियता बढाउन सहयोग पुराउने बताउनु भयो ।

जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज बिश्वकर्माले सामाजिक संघसंस्थाहरुको ग्रामिण बिकासमा महत्वपुर्ण योगदान रहेको भन्दै स्थानीय सरकार संग समन्वय गरेर अगाडि बढ्न आग्रह गर्नुभयो । इन्द्रेणीका कार्यकारी निर्देशक प्रदिप शाहले शिक्षा , स्वास्थ्य , जिबिकोपार्जन , बाताबरण संरक्षण लगाएतका क्षेत्रमा कार्य गरिरहेको बताउदै कार्यक्रमबाट आर्थिक , सामाजिक , स्वास्थ्य तथा बाताबरणीय क्षेत्रमा कस्तो प्रभाव परेको छ भनेर सामाजिक परिक्षण गरिएको जानकारी दिनुभयो ।

संस्थाका अध्यक्ष बिष्णु गौतमको अध्यक्षतामा भएको कार्यक्रममा सम्मरीमाई गाउपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला , मर्चवारी गाउपालिका अध्यक्ष केशवानन्द बानिया , रोहिणी गाउपालिका उपाध्यक्ष कान्ती हरिजन , जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरब ढकाल , फेयरमेडका सुशासन बिज्ञ तुल्सी खनाल , कालिकाका कार्यकारी निर्देशक राजेन्द्र रावल , लक्ष्मीनाथ ज्ञवाली लगाएतले बोल्नु भएको थियो ।
इन्द्रेणीले फेयरमेडको सहयोगमा रुपन्देहीका १६ पालिकामा आधारभूत स्वास्थ्य परियोजना सञ्चालन गरिरहेको लेखा तथा प्रशासन प्रमुख राजु शाहले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस