सोमबार, १७ असोज २०७९

रुपन्देहीका बिपन्न परिवारलाई न्यानो कपडा बितरण

रुपन्देही ६ फागुन । रुपन्देहीका बिपन्न परिवारलाई न्यानो कपडा बितरण गरिएको छ । इश्लामीक रिलिफ नेपालको आर्थिक सहयोग तथा नगरपालिका र गाउँपालिकाको समन्वयमा बिकास तथा प्रकोप व्यबस्थापन केन्द्र ( सिडिएम नेपाल) ले लुम्बिनी साँस्कृतिक नगरपालिका र सम्मरीमाई गाउँपालिकामा न्यानो कपडा बितरण गरेको हो । स्थानीय पालिकाहरुको समन्वयमा लाभग्राहीहरुको छनौट गरिएको हो ।

लुम्बिनी सास्कृतिक नगरपालिकाका ४ सय र सम्मरीमाईका ३ सय ५२ गरि ७५२ जना बिपन्न तथा गरिब परिवारलाई प्रतिव्यक्ति ७ हजार ५ सय बराबरको न्यानो कपडा बितरण गरिएको कार्यक्रम संयोजक बिजयसिंह ठकुरीले जानकारी दिनुभयो ।

त्यस अबसरमा लुम्बिनी सास्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरी , सम्मरीमाईका अध्यक्ष जितेन्द्रनाथ शुक्ला , इश्लामिक रिलिफ नेपालका प्रमुख तल्हा नमल , प्रज्ञा अधिकारी , सिडिएमका कार्यकारी निर्देशक धर्मराज घिमिरे , उपाध्यक्ष तारा काफ्ले लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस