बुधबार, ०८ चैत्र २०७९

उपेक्षित उष्णप्रदेशीय रोगको निदानका लागि सञ्चारकर्मीको सहयोग आवश्यक

रुपन्देही ४ पुस । उपेक्षित उष्णप्रदेशीय रोगको निदान तथा त्यसबाट उत्पन्नहुने अवस्थाबाट निर्माण हुने अपाङ्गताको अवस्थालाई रोक्न पुर्व सावधानी तथा सचेतना आबश्यक रहेको एक कार्यक्रमका सहभागिले जोड दिएका छन् । उनीहरुले पुर्ब साबधानी र सचेतनाका लागि सञ्चारकर्मीहरुले कलम चलाउनु पर्ने बताएका हुन ।  

ईन्द्रेणी ग्रामिण विकास केन्द्रको आयोजना तथा फेयरमेड फाउन्डेसन नेपालको सहयोगमा रुपन्देहीमा सञ्चालन भएको आधारभूत स्वास्थ्य परियोजना अन्र्तगतको स्थानीय सञ्चारमाध्यमको भूमिका विषयक बुटवलमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागीहरुले रोग पश्चात उत्पन्न हुने सामाजिक विभेदको विरुद्धमा समेत सञ्चारकर्मीहरुले दरिलो रुपमा कलम चलाउनुपर्नेमा जोड दिएका थिए ।

फेयरमेड फाउण्डेसनका प्रोजेक्ट कोअर्डीनेटर शशिकुमारलाल कर्णले स्वास्थ्य क्षेत्रमा समान्य पुर्व सावधानी अपनाएमा ठुलो दुर्घटनाबाट बच्न सकिने बताउनुभयो । फेयरमेड फाउण्डेसनका एकाउन्टेबिलीटी अफिसर तुल्सीराम खनालले परियोजनालाई लक्षित बर्ग सम्म पुराउनका लागि सञ्चारकर्मीहरुको भूमिका अहम हुने बताउनु भयो ।  
चिकित्सक डा विष्णु विश्वकर्माले कार्यक्रममा गर्दै उपेक्षित उष्णप्रदेशीय रोग , अबस्था , लाग्न सक्ने जोखिम र बच्नका लागी अपाउने साबधानीका बिषयमा प्रकास पार्नुभएको थियो ।

कार्यक्रममा ईन्द्रणी ग्रामिण बिकास केन्द्रका कार्यकारी निर्देशक प्रदिप शाहले परियोजना अहिले रुपन्देहीका ११ पालिकामा सञ्चालनमा रहेको र सन २०२२ देखि रुपन्देहीका सबै १६ वटै पालिकामा बिस्तार हुने बताउनु भयो । उहाँले स्थानीय सरकारसंग सहकार्य गरेर परियोजना कार्यन्वयन गरिने जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डेले उपेक्षित उष्णप्रदेशीय रोगको जोखिम र साबधानीका सञ्चालन गरिने पूर्ब तयारीका सन्देशहरुलाई आमसञ्चारको माध्यम मार्फत प्रबाह गर्नका लागि सञ्चारकर्मीहरुको साथ र सहयोग हुने बताउनु भयो ।  

कार्यक्रममा आधारभुत स्वाथ्य परियोजना कार्यक्रम अधिकृत मिरा थापा, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष अमृता अनमोल, पत्रकार शरण कर्मचार्य लगायतले आ आफ्नो धारणा राख्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस