बुधबार, ०८ चैत्र २०७९

स्थानीय सरकारसम्म नागरिकको पहुच पुराए मात्रै लोकतन्त्र सबल हुने

रुपन्देही २४ मंसिर । स्थानीय सरकारसम्म नागरिकको पहुच पुग्न नसकिरहेको एउटा अध्ययनले देखाएको छ । सामाजिक परिबर्तन केन्द्रले शुक्रबार बुटवलमा आयोजना गरेको नागरिक संलग्नता बडापत्र सम्बन्धि सरोकारवाला बिच छलफल कार्यक्रममा अध्ययन प्रतिबेदन सार्बजनिक गरिएको हो । केन्द्रका कार्यक्रम म्यानेजर निश्छल खरालले संघियताको अभ्यास गरेको ४ बर्ष पुग्न लाग्दा पनि स्थानीय सरकारमा नागरिकको पहुच पुग्न नसकेको अध्ययनको निष्कर्ष प्रस्तुत गर्नुभएको थियो । 

नागरिक संगठन, स्थानीय सरकार र मिडियाले आआफनो भुमिका निभाउन सकेमात्र पहुच पुग्ने केन्द्रको अध्ययनको निष्कर्ष छ । तीन तहकै सरकारको समन्वय अभावको कारण गरेका राम्रो कामको समेत अपनत्व प्राप्त हुन नसकेको देखिएको छ  । जनताको आवश्यकता र मागको आधारमा योजना निर्माण नगरिएका कारण पनि दिगो विकासमा समस्या देखिएको छ । 

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ४ का वडाध्यक्ष टंक पराजुलीले सिमित श्रोतसाधनबाट असिमित आवश्यकता पूरा गर्नुपर्ने बाध्यता स्थानीय सरकारमा रहेको भन्दै टोल विकास संस्थालाई प्राथमिकता दिएर योजनाहरु बनाउदा अपाङगता, दलित, गरिब रहेको स्थानमा लागत सहभागिता कम गर्ने गरेको बताउनु भयो । 

कार्यक्रममा सामाजिक परिबर्तन केन्द्रका अध्यक्ष पवन रायले नागरिकहरु आफ्नो अधिकारबारे बुझ्ने, सरकारसम्म आफ्नो अधिकार खोज्ने र फरक बिचार राख्नेहरुलाई सहभागी नै नगराउनेसम्मको समस्यामा रहेको अनुसन्धानको क्रममा भेटिएको बताउनु भयो । जनप्रतिनिधि,स्थानीय सरकार,नागरिक समाजका सरोकारवालाहरु बिच छलफल र समन्वय जरुरी रहेको उहाले बताउनु भयो । 

कार्यक्रममा बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक नुरजंग केसीले नागरिक सहभागिको नाममा गलत काम भइरहेको भन्दै फरक बिचार राख्नेहरुलाई सहभागी नै नगराउने प्रवृत्ति बढिरहेको बताउनु भयो । जेष्ठ नागरिक मञ्च बुटवलका अध्यक्ष राधेश्याम राजभण्डारीले जनताले तिरेको करको तुलनामा स्थानीय सरकारबाट प्राप्त हुने सेवा र सुबिधा नगन्य रहेको बताउनु भयो । 

पारदर्शी सरोकार समूह रुपन्देहीका महासचिब दिपक ढकालले नितीगत सहभागिताले पारदर्शीता बढाउने भन्दै जनचासो र समस्या संबोधनमा तिनै तहका सरकार चुकिरहेको बताउनु भएको थियो । कार्यक्रममा नेपाल भूतपूर्ब सैनिक संघका अध्यक्ष रबिन्द्र कार्की , पत्रकार दामोदर खनाल , नागरिक समुहका सदस्यहरु लक्ष्मी गौतम , सिता एसि , हेमा थानी , सुदिपराज पाण्डे लगाएतले बोल्नु भएको थियो ।   

प्रतिक्रिया दिनुहोस