शनिबार, ०८ माघ २०७८

अपाङ्ग आश्रमलाई सानिमा लाईफको खाद्यान्न सहयोग

रुपन्देही २४ मंसिर । सानिमा लाईफ इन्स्योरेन्सले आफनो चौथो बार्षिक उत्सवको अबसरमा खाद्यान्न सामग्री बितरण गरेकोछ । बुटवल ११ मा रहेको नेपाल अपाङ्ग आश्रममा रहेका अपाङ्गहरुको सहयोगका लागि चामल , दाल , तेल , चाउचाउ , सर्फ , साबुन लगाएतका सामग्री इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक मदन बहादुर गाहाले आश्रमका अध्यक्ष डोलबहादुर रामदामलाई हस्तान्तरण गर्नुभएको हो । 

पाँचौ बर्ष प्रबेशको अबसरमा सामाजिक उत्तरदायित्व अन्र्तगत अपाङ्ग आश्रममा आश्रीतहरुलाई बुधबार सहयोग हस्तान्तरण गरिएको बुटवल शाखा प्रबन्धक प्रकाश गौतमले जानकारी दिनुभयो ।

कार्यक्रममा र्मुिर्गया शाखा प्रमुख कृष्णप्रसाद कंडेल , बुटवल शाखाका बरिष्ठ एजेन्सी म्यानेजरहरु एकराज रिजाल , सुभाष रिजाल लगाएतको सहभागिता रहेको थियो ।  
 

प्रतिक्रिया दिनुहोस