रुपन्देही १० मंसिर । व्यबसाय स्थानान्तरणका लागि राज्यले नै स्पष्ट नीति बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । अकाउन्टबिलिटी ल्याव र नेपाल यूवा उद्यमी संजालले बुटवलमा आयोजना गरेको व्यबसाय स्थानान्तरणका संबेदनशिलता बिषयक निजी संबाद कार्यक्रममा बोल्ने सरोकारवालाहरुले सरकारी स्पष्ट निती नहुदा अरबौको लगानी जोखिममा परिरहेको बताए ।
उनीहरुले स्थानान्तरण गर्ने व्यवसायीको स्थानान्तरणको लागत घटाउन सरकारले केही सहुलियत प्रदान गर्नुपर्ने भन्दै व्यवसायले पारेको प्रभाव मापन गर्ने वैज्ञानिक आधार बनाई स्थानान्तरणलाई अघि बढाउनु पर्नेमा जोड दिए ।
प्रत्येक स्थानीय तहमा एक औद्योगिक ग्रामको स्थापना गर्ने , सेवामुलक व्यवसाय र उत्पादनमुलक व्यवसाय सञ्चालन अनुमति दिदाँ व्यवसाय परिसरको अध्ययन र प्रभाव मापन गरेर मात्र दिनु पर्ने आवश्यकता रहेको भन्दै सरोकारवालाहरुले व्यबसाय प्रर्बधनका लागि बनेका नियम पालना गर्नुपर्ने र राजनितिक संरक्षण न्यून गर्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा बोल्दै प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेब क्षेत्रीले समस्याको दिगो समाधानका लागि प्रदेश सरकारले गृहकार्य गरिरहेको बताउनु भयो । उहाँले प्रदेश योजना आयोगले उद्योग दर्तालाई डिजिटलाईज गर्ने र बर्गिकरण गर्ने भन्दै प्रदुषण बढाउने खालका उद्योगलाई निश्चित क्षेत्र छुट्याएर राख्ने योजना बनाइरहेको बताउनुभयो ।
उपाध्यक्ष क्षेत्रीले आवश्यक नीति निर्माणमा योजना आयोग सबै सरोकारवाला संग सहकार्य गर्न तयार रहने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । अकाउन्टविलिटी ल्याब नेपालका राजु शर्माले यस विषयमा गरिएको प्रारम्भिक सर्वेक्षणको नतिजा प्रस्तुत गरेका थिए । जसमा व्यवसाय स्थानान्तरणका आयाम, स्थानान्तरण सम्बन्धि समस्या, स्थानान्तरणका असर, व्यवसायिका माग र सुभाव सहितको प्रस्तुती समेटिएको थियो ।
त्यस अबसरमा अकाउन्टविलिटी ल्याब नेपालका राजु शर्माले व्यवसाय स्थानान्तरणका आयाम, स्थानान्तरण सम्बन्धि समस्या, स्थानान्तरणका असर, व्यवसायिका माग र सुझाव समेटिएको प्रारम्भिक सर्वेक्षणको नतिजा प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेश उद्योग, वातावरण तथा भूसंरक्षण मन्त्रालयका सचिव पशुपती कोईराला, नेपाल घरेलु तथा साना व्यसायी महासंघ लुम्बिनीका अध्यक्ष गणेश अधिकारी, नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलम , नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले सम्वन्धीत बिषयमा आफना सुझावहरु प्रस्तुत गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस