मंगलबार, २१ मंसिर २०७८

इन्टेग्रिटी आईकन २०२१ सार्बजनिक

काठमाण्डौ ३ कार्तिक  । इन्टेग्रिटी आईकन २०२१ सार्बजनिक गरिएको छ । अकाउन्टबिलिटी ल्याब नेपालले कोरोना महामारीको जोखिमका कारण भर्चुअल माध्यमबाट इन्टेग्रिटी आइकन २०२१ बुधबार सार्बजनिक गरेको हो ।

सन २०२१ का लागि सार्बजनिक गरिएका इन्टेग्रिटी आइकनमा नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनी , भाषा आयोग काठमाण्डौका उपसचिब डाक्टर लोकबहादुर लोप्चन , भक्तपुर अस्पताल भक्तपुरका मेडिकल सुपरीटेन्डेण्ट डाक्टर सुमित्रा गौतम , मकवानपुरगढि गाउँपालिका मकवानपुरका कृषि अधिकृत चन्द्रकान्त चौधरी र भेरी अस्पताल नेपालगञ्ज बाँकेकी नर्सिङ्ग अधिकृत   ( कोभिड फोकल पर्सन )  शिला शर्मा रहनु भएको छ । 

सार्बजनिक सेवामा रहेर जुनसुकै परिस्थितीमा पनि निष्ठापूर्बक जिम्मेवारी बहन गरी उदाहरण प्रस्तुत गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने र निष्ठापूर्ण समूदाय निर्माण गर्ने मूख्य उदेश्यले हरेक बर्ष अकाउन्टबिलिटी ल्वावले इन्टेग्रिटी आइकन घोषणा गर्दै आएको छ । सन २०१४ मा नेपालबाट सुरु भएको यो अभियान बिश्वका १४ देशमा पुगिसकेको अकाउन्टबिलिटी ल्याबका नेपाल प्रमुख नारायण अधिकारीले बताउनु भयो । 

यस वर्षका इन्टेग्रिटी आईकनहरूलाई देशभरीबाट प्राप्त भएका ३ सय ३५ मनोनयनबाट छनौट गरिएको हो । निर्णायक समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्याय, प्रशासनविद् काशिराज दाहाल, पूर्र्व सचिव जीवनप्रभा लामा, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपाने र प्राध्यापक तथा आइआइडिएस सेन्टर फर गभर्नेन्सका निर्देशक डा. सुचेता प्याकुरेल रहनु भएको थियो । 

इन्टेग्रिटी आईकन घोषित व्यक्तित्वहरुलाई कार्तिक १२ गते भर्चूअल माध्यमबाटै सम्मान गर्ने कार्यक्रम रहेको ल्यावका कार्यक्रम व्यबस्थापक अस्मिता शर्माले जानकारी दिनुभयो । यि आईकन र उहाँहरूले गरेका कामलाई सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र इन्स्टाग्रामको माध्यमबाट आउँदो एक हप्ता भरी प्रस्तुत गर्ने शर्माले जानकारी दिनुभयो ।   
 

प्रतिक्रिया दिनुहोस