बुधबार, १० कार्तिक २०७८

रुपन्देहीका रिटर्नी भन्छन् : अबसरका सुचना पाउनै मुश्किल

रुपन्देही १३ असोज । बैदेशिक रोजगारीबाट फर्किएका यूवाहरुलाई स्थानीय सरकारले बेवास्ता गर्ने गरेको सरोकारवालाहरुले बताएका छन् । 

बुटवल उपमहानगरपालिका र एकाउन्टेबिलिटी ल्यावले बुधबार बुटवलमा आयोजना गरेको बैदेशिक रोजगारीबाट फर्किएका यूवाहरु र सरोकारवाला बिच सहकार्यका लागि संबाद कार्यक्रममा बोल्ने रिटर्नी यूवाहरुले कोभिडले रोजगारी गुमाएर फर्किएको भएपनि स्थानीय सरकारले सिप , श्रम र पूजिको सम्मान गर्न नसकेको बताएका हुन । कार्यक्रम त टाढाको कुरा सुचना सम्म पाउने अबस्था रहेन रिटर्नीको गुनासो छ । उनीहरुले रेमिटान्सबाट देश चलाउने सरकारले बैदेशिक रोजगारीलाई सुरक्षित बनाउन नितिगत पहल नै नगरेको बताएका थिए । 

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका शिक्षा तथा जनसंख्या महाशाखा प्रमुख तथा सुचना अधिकारी मित्रमणि खनालले सुचनाको पहुच रिटर्नी संग पुराउने गरी संयन्त्र बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले उपमहानगरपालिकाले प्रबाह गर्ने सुचना लक्षित बर्ग सम्म नपुग्दा अबसरको जानकारी नै नहुने समस्या आइरहेको बताउदै सुचनामा चासो राख्न आग्रह् गर्नुभयो । 

बुटवल ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रिले रिटर्नीहरुको तथ्याङक संकलनमा नै समस्या रहेको भन्दै रिटर्नीहरुलाई आवश्यकता अनुसारका कार्यक्रम ल्याउनु पर्नेमा तिनै तहका सरकार चुकिरहेको बताउनु भयो । बुटवल उमहानगरका महाशाखा प्रमुख भूवाप्रसाद लुइटेलले रिटर्नीको समस्या समाधान गर्न साझा प्रयास आवश्यक रहेको भन्दै रिटर्नीहरुको क्षेत्रमा काम गर्ने संघसंस्थाहरु संग सहकार्य गर्न उपमहानगर तयार रहेको बताउनु भयो । 

सिटिजन्स बैङकका लुम्विनी प्रदेश प्रमुख प्रदिपकुमार श्रेष्ठले सरकारले बैदेशिक रोजगारीबाट फर्किएका यूवाहरुलाई बिनाधितो ऋण दिने घोषणा गरेपनि कार्यन्वयनमा समस्या देखिएको बताउनु भयो । उहाँले उपयुक्त प्रस्ताव र बिश्वसनीय आधार देखिए लगानी गर्न बैङक तयार रहेको बताउनु भयो । रिटर्नी माइग्रेन्ट नेपाल रुपन्देहीका अध्यक्ष रामचन्द्र बश्यालले रिटर्नीहरुलाई हेर्ने सरकारी दृष्टिकोणमा नै दोष रहेको भन्दै स्थानीय सरकारले योजना निर्माण गर्दा रिटर्नीहरुलाई पनि सहभागि गराउनु पर्ने बताउनु भयो । 

नेपाली जनसंम्पर्क समिति युएईका संस्थापक अध्यक्ष चित्र के सि ले बैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई सिप अनुसार बर्गिकरण गरि उद्यमशिलता तर्फ अग्रसर गराउनु पर्ने बताउदै जुनसुकै सरकार आएपनि बैदेशिक रोजगारीलाई उपेक्षा गर्ने गरेको उल्लेख गर्नुभयो ।  कार्यक्रममा रिटर्नीहरु सुभाष रिजाल , टेकनारायण टण्डन , शंकर पाण्डे , कपिलमणि ढकाल , रेश्मी घेले , दिनेश सुबेदी ,प्रिती लामा लगाएतले बोल्दै बैदेशिक रोजगारीमा कोरोनाले पारेको प्रभावलाई समाधान गर्नका लागि तिनै तहका सरकारले उपयुक्त निति र कार्यक्रम बनाउनु पर्ने बताउनु भएको थियो । 
 

प्रतिक्रिया दिनुहोस