बुधबार, १० कार्तिक २०७८

स्ट्रेन्थ लिफ्टिङ्गका प्रमुख प्रशिक्षक भुटियालाई बुटवलमा सम्मान

रुपन्देही ८ असोज । रुपन्देही जिम तथा फिट्नेस व्यबसाय संघले सिक्किम स्ट्रेन्थ लिफ्टिङ्गका प्रमुख प्रशिक्षक तथा अन्र्तराष्ट्रिय निर्णायक पेमा दोर्जे भुटिया र वल्र्ड पावर लिफ्टिङ्ग फेडरेसनका उपाध्यक्ष जीबन गिरीलाई सम्मान गरेको छ ।

कार्यक्रममा प्रशिक्षक भुटियाले स्ट्रेन्थ लिफ्टीङ्गका बिषयमा जानकारी गराउदै डेमोस्ट्रेसन पनि गराउनु भएको रुपन्देही जिम तथा फिटनेस व्यवसाय संघका अध्यक्ष बिजेन्द्रमान श्रेष्ठले जानकारी गराउनु भयो ।

बुटवल फिटनेस एण्ड जिम सेन्टरमा आयोजना भएको स्वागत तथा सम्मान कार्यक्रममा रुपन्देही जिम तथा फिट्नेस व्यबसाय संघका अध्यक्ष बिजेन्द्रमान श्रेष्ठ , पाल्पा जिल्ला खेलकुद बिकास समितिका सदस्य अनिल खाती , जिल्ला स्ट्रेन्थ लिफ्टिङ्ग संघ परासीका अध्यक्ष नमु डुम्रे , उपाध्यक्ष सुर्य भण्डारीले भुटिया र गिरीलाई सम्मान गर्नुभएको हो । कार्यक्रमको सञ्चालन संघका सचिब चन्द्रमान श्रेष्ठले गर्नुभएको थियो ।   

 

प्रतिक्रिया दिनुहोस