बुधबार, १० कार्तिक २०७८

निजी क्षेत्रलाई बिश्वासमा लिएर स्थानीय सरकारले बिकास आयोजना सञ्चालन गर्नुपर्ने

रुपन्देही १ असोज । निजी क्षेत्रलाई बिश्वासमा लिएर स्थानीय सरकारले परियोजना सञ्चालन गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

यूवा उद्यमी मञ्च र एकाउन्टीबिलिटी ल्यावले शुक्रबार बुटवलमा आयोजना गरेको स्थानीय पूर्वाधार बिकासमा सार्बजनिक निजि साझेदारीको उपयोगिता बियषक अन्र्तकृया कार्यक्रममा बोल्दै उनीहरुले प्रतिफलको सुनिश्चिता खोज्जे निजी क्षेत्रलाई बिश्वासमा लिएर परियोजनामा लगानीको बाताबरण निर्माण गर्नु सरकारको दायित्व भएको बताएका हुन । 

कार्यक्रममा सहभागिहरुले सार्बजनिक निजी क्षेत्र संबादलाई सस्थागत गर्ने , परियोजना बैङकमा रुपान्तरणकारी परियोजनाहरुलाई समाबेश गर्न संयन्त्र बनाउने र सम्भाव्यता अध्ययन तथा बृहत आयोजना प्रतिबेदन निर्माणमा नागरिकहरुको मत वा चासोलाई संबोधन गर्ने गरी प्रतिबेदन तयार गर्नुपर्ने सुझाव दिएका थिए । 

कार्यक्रममा स्थिती पत्र प्रस्तुत गर्दै एकाण्टीबिलिटी ल्यावका प्रदेश कोअर्डिनेटर राजु शर्माले निजी क्षेत्र तथा नागरिकहरुको सहभागितामा आयोजनाहरुको पारदर्शी छनौट गर्न सकियो भने बिश्वासको बातावरण श्रृजना हुने बताउनु भयो । उहाँले आयोजना बैङकको व्यबस्थाले नगरभित्रका योजनाहरुको पहिचान र कार्यन्वयजनमा सहजता ल्याउने बताउनु भयो । 

कार्यक्रममा बोल्दै बुटवल उद्योग बाणिज्य सघंका अध्यक्ष उज्जवल कसजु , रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा , रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनीले निजी क्षेत्रलाई पहिचान र परिचालन गर्ने दायित्व सरकारको भएको भन्दै कानुनी जटिलता हटाउदै प्रतिफल सुनिश्चित लगानीको बाताबरण बनाउनु पर्ने बताउनु भयो । 


बुटवल उपमहानगरपालिकाका बरिष्ठ अधिकृत दामोदर ज्ञवाली तथा सार्बजनिक निजी साझेदारी फोकल पर्सन लक्ष्मी ढकालले बुटवल उपमहानगरपालिका योजना छनौट र पहिचानमा पारदर्शी रहेको भन्दै निजी क्षेत्र संग सहकार्य गर्नका लागि आवश्यक ऐन कानुन र नियमावली समेत बनाइसकेको बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस