बुधबार, ०६ असोज २०७८

लुम्विनी प्रदेश सरकार बिरुद्ध बिपक्षीद्धारा अबिश्वास प्रस्तावको तेश्रो प्रहार

रुपन्देही १९ साउन । लुम्विनी प्रदेश सरकार बिरुद्ध अबिश्वासको प्रस्ताव मंगलबार दर्ता भएको छ । बिपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलको सरकार बिरुद्ध ३४ जना प्रदेश सभा सदस्यको हस्ताक्षर सहित अबिश्वासको प्रस्ताव दर्ता गरेको नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खानले जानकारी दिनुभयो । 

गठबन्धनले प्रदेश सभा सचिब दुर्लभकुमार पुन मार्फत सभामुख समक्ष अबिश्वासको प्रस्ताव पेश गरेका हुन । उनीहरुले माओवादी केन्द्रका संसदिय दलका नेता कुलप्रसाद के सी लाई मुख्यमन्त्रीको रुपमा प्रस्ताव गरेका छन । उनीहरुले बिशेष अधिबेसन आव्हान गर्नका लागि प्रदेश प्रमुख समक्ष समाबेदन समेत गरेका छन् । 

बिपक्षी गठबन्धनले बैशाखको ६ गते र बैशाखको २६ गते पनि अबिश्वासको प्रस्ताव पेश गरेका थिए । तर दुबै प्रस्ताव उपर प्रदेश सभामा छलफल भएको थिएन । बिपक्षी गठबन्धनमा नेपाली कांग्रेसका १९ , माओबादी केन्द्रका १८ , जनता समाजबादी पार्टीका ३ र राष्ट्रिय जनमोर्चाका १ जना सदस्यहरु रहेका छन् । एमाले संग सोमबार मात्रै माओवादी छाडेको भनिएकी बिमला ओली सहित ३९ जना रहेका छन् । 

यसअघि सोमबार बिपक्षी गठबन्धनले संबिधानको धारा १६८ को २ अनुसार सरकार बनाउनका लागि आव्हान गर्न प्रदेश प्रमुख अमिक शेरचन संग लिखित अनुरोध गरेका थिए । २०७५ जेठ ३ गते एमाले र माओवादी मिलेर नेकपा बनेपछि संबिधानको धारा १६८ को १ अनुसार बहुमत प्राप्त संसदिय दलका नेता शंकर पोखरेल मुख्यमन्त्री नियुक्त हुनु भएको थियो । तर २०७७ फागुन २३ गतेको सर्बोच्च अदालतको फैसला पछि एमाले र माओबादी केन्द्र व्यूतिएपछि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

पोखरेललाई तत्कालिन प्रदेश प्रमुख धर्मनाथ यादबले बैशाख १९ गते एकल बहुमत प्राप्त संसदिय दलको नेताको हैसियतबाट पोखरेललाई मुख्यमन्त्रीमा नियुक्ती गर्नुभएको थियो । तर बिपक्षी गठबन्धनले भने अल्पमतमा रहेको व्यक्तिलाई मुख्यमन्त्री नियुक्त गरेर  यादबले अलोकतान्त्रीक र असंबैधानिक कार्य गरेको भन्दै बिरोध गर्दै आएका थिए । 
 

प्रतिक्रिया दिनुहोस