रुपन्देही १९ साउन । Bs6 प्रबिधिको सुजुकी एक्सेस स्कुटरको बिक्री रुपन्देहीमा पनि सुरु भएको छ ।
सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारीक आयातकर्ता तथा बितरक भिजि अटोमोवाइल्स प्राली को सैनामैनाका लागि आधिकारीक बिक्रेता मेगा अटो इन्टरनेशनलले साउन १७ गते देखि सैनामैना सोरुम बाट बिक्री सुरु गरेको मेगा अटो इन्टरनेशनलका सञ्चालक रबिन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो ।
स्थानीय समाजसेवी गोबिन्द लम्साल र सैनामैना उद्योग बाणिज्य संघका पूर्ब अध्यक्ष राजबहादुर क्षेत्रीले संयुक्त रुपमा बिक्री शुभारम्भ गर्नुभयो । भारतमा सर्बाधिक बिक्री हुने एक्सेस स्कुटरको नेपालमा पनि बढ्दो माग रहेको छ ।
एक्सेस स्कुटर 125 Bs6 प्रबिधिमा र सुजुकी कै अर्को उत्पादन Burgman 125 सिसिमा समेत नया कलर भेरियन्टमा लञ्च गरिएको संचालक श्रेष्ठले बताउनु भयो । मेगा अटोले बुटवलको कालिकानगरमा सुजुकी प्रिमियम शो रुम समेत सञ्चालन गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस