रुपन्देही १६ साउन । सानिमा लाईफ इन्स्योरेन्सले मृत्यु दावी भुक्तानी गरेको छ । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ४ का टिकाराम सापकोटाको परिवारलाई मृत्यु दावी भुक्तानी गरिएको कम्पनीका लुम्विनी प्रदेश प्रमुख जयदेव गौतमले जानकारी दिनुभयो ।
मृतक सापकोटाकी श्रीमती लक्ष्मी सापकोटालाई प्रदेश प्रमुख गौतम , बडाध्यक्ष जगन्नाथ कंडेल ,बर्दघाट शाखा प्रबन्धक ढाकाराम तिम्सिनाले २० लाख ७० हजारको चेक घरमै पुगेर हस्तान्तरण गर्नुभएको हो । त्यस अबसरमा बोल्दै प्रदेश प्रमुख जयदेब गौतमले बिमालेख , लगानी र प्रतिफलमा मात्रै होइन सानिमा लाईफ छिटो दावी भुक्तानीमा पनि अव्बल रहेको बताउनु भयो ।
२०७७ चैत्र २२ गते १४ बर्षको अबधिका लागि १ लाख ५७ हजार ४४८ रुपैया बिमाशुल्क तिरेर २० लाखको बिमा गराउनु भएका सापकोटाको २०७८ जेठ २२ गते मृत्यु भएको थियो । मृतक सापकोटाका २ छोरा छन् ।
प्रतिक्रिया दिनुहोस