बुधबार, ०६ असोज २०७८

लुम्बिनी प्रदेशमा उत्कृष्ट ब्यवसाय गर्नेलाई सानिमा लाईफको सम्मान

रुपन्देही ११ साउन । सानिमा लाईफ इन्स्योरेन्सले लुम्विनी प्रदेशमा उत्कृष्ट व्यावसाय गर्ने एजेन्सी म्यानेजरहरुलाई सम्मान गरेको छ । प्रदेश प्रमुख जयदेव गौतमका अनुसार  आर्थिक बर्ष २०७७।७८ मा समुहगत ब्यवसाय , व्यक्तिगत कोड र बिमालेखका आधारमा उत्कृष्ट कार्य गर्ने एजेन्सी म्यानेजरहरुलाई सम्मान गरिएको हो । प्रमुख गौतमका अनुसार समूहगत ब्यवसाय तर्फ केशरप्रसाद पोखरेल प्रथम , सुरज सापकोटा दोश्रो र एकराज रिजाल तेश्रो हुनु भएको छ । 


व्यक्तिगत कोडमा सबैभन्दा बढि प्रथम बिमा शुल्क आर्जन गर्न सफल राकेश कुमार अग्रहरी प्रथम, सुरज सापकोटा दोश्रो र दिपकबहादुर खड्का तेश्रो हुनु भएको छ । सबैभन्दा बढि बिमालेखका आधारमा सुरज सापकोटा प्रथम , सुबास रिजाल दोश्रो तथा मनकुमारी अधिकारी घिमिरे तेश्रो स्थानमा रहनु भएको छ । सम्मानित मध्ये राकेशकुमार अग्रहरी र सुरज सापकोटा एमडिआरटि बन्न सफल हुनुहुन्छ । 


भर्चुअल माध्यमबाट उत्कृष्ट ब्यवसाय गरेका सबै ९ जनालाई सम्मान गर्दै सानिमा लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अगम मुखियाले बधाई र आर्थिक बर्ष २०७८। ७९ मा थप ब्यबसायिक सफलताको शुभकामना दिनु भएको थियो । सिइओ मुखियाले एजेन्सी म्यानेजर , अभिकर्ता , कर्मचारी तथा सुभेच्छुक सबैको साथ र सहयोगले सानिमा लाईफले बजार बिस्तार गर्दै बिमा क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको बताउनु भयो । 


कार्यक्रममा कम्पनीका डेपुटी जनरल म्यानेजर चुडामणि चापागाईले सानिमा लाईफले उत्कृष्ट बिमालेख बजारमा ल्याएको भन्दै ढुक्क भएर ब्यवसाय प्रर्बधनमा लाग्न आग्रह गर्नुभयो । 


चिफ म्यानेजर गणेश चौलागाईले स्थापनाको छोटो समयमा कम्पनीले उल्लेख्य प्रगती गरेको भन्दै सर्बसाधारणलाई बिमाको दायरामा ल्याउन अभिकर्ता तथा एजेन्सी म्यानेजरको महत्वपुर्ण भुमिका हुने बताउनु भयो ।

सानिमा लाईफले साउन २० गतेदेखि आइपिओ जारी गर्दैछ  । ६० लाख कित्ता सर्बसाधारणका लागि आइपिओ जारी गर्न सानिमा लाईफले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरिसकेको छ ।  

प्रतिक्रिया दिनुहोस