मंगलबार, ०५ असोज २०७८

कोरोनाले रोजगारी गुमाएका बिपन्न परिवारलाई सिडिएमको राहत

रुपन्देही १० साउन । कोरोना महामारीका कारण रोजगार गुमाएका बिपन्न १२५ जनालाई राहत बितरण गरिएको छ । कारितास अष्टे«लिया , कारितास नेपालको सहयोगमा बिकास तथा प्रकोप व्यबस्थापन केन्द्र ( सिडिएम ) नेपालले लुम्बिनी सास्कृतिक नगरपालिकाका ४०, सम्मरीमाईका ४५ र मर्चवारी गाउँपालिकाका ४० गरि १२५ जनालाई राहत बितरण गरेको सिडिएम नेपालका कार्यकारी निर्देशक धर्मराज घिमिरेले जानकारी दिनुभयो । 


कोभिड दोश्रो चरण प्रतिकार्य परियोजना अन्र्तगत कोरोनाबाट प्रभावित भई रोजगारी गुमाएका बिपन्न परिवारलाई २० किलो चामल , ३ किलो दाल , १ लिटर खाना पकाउने तेल , १ पोका सोयाबिन , १ पोका नुन , चिनी २ किलो र नुहाउने साबुन ३ गोटाका दरले प्रदान गरिएको अनुगमन तथा मुल्याङकन अधिकृत अशोककुमार चौधरीले बताउनु भयो । यसअघि इश्लामिक रिलिफ र बतास फाउण्डेसनको सहकार्यमा सम्मरीमाई र लुम्विनी मै ५०० जनालाई राहत र स्वास्थ्य सामग्री सिडिएमले बितरण गरेको थियो ।  


सिडिएम नेपालका कोषाध्यक्ष सरिता बेल्वासेको अध्यक्षतामा भएको कार्यक्रममा मर्चवारी गाउँपालिका प्रमुख केशबनन्द बानिया, सम्मरीमाई गाउपालिका उपप्रमुख प्रियङका साहि सिंह, सामुदायिक बिपद व्यबस्थापन समितिको राष्ट्रिय सञ्जालका अध्यक्ष जगन्नाथ कुर्मी , जिल्ला समन्वय समितिका सदस्य छोटे प्रसाद हरिजन , जिल्ला सहकारी संघका सदस्य अशोककुमार तिवारी लगाएतले बोल्दै कोरोना महामारीबाट प्रभाबितहरुलाई राहत बितरण गरेर सिडिएम नेपालले उदाहरणीय कार्य गरेको बताउनु भएको थियो ।   
 

प्रतिक्रिया दिनुहोस