मंगलबार, ०५ असोज २०७८

सानिमा लाईफ बुटवलद्धारा एमडिआरटि बिजेता अग्रहरीलाई सम्मान

बुटवल २२ असार । सानिमा लाईफ इन्स्योरेन्स बुटवल शाखाबाट सन २०२२ का लागि अन्र्तराष्ट्रिय संस्था MDRT को सदस्य बन्नका लागि योग्य राकेशकुमार अग्रहरीलाई सम्मान गरिएको छ । 

बुटवल शाखामा आयोजित बिशेष कार्यक्रमका बिचमा MDRT ( Million Dollar Round Table )  संस्थाले बर्ष सन २०२२ का लागि तोकेको बिमा शुल्क हासिल गरी उक्त संस्थाको सदस्य बन्नका लागि योग्यता हासिल गर्नुभएका अग्रहरीलाई क्षेत्रिय प्रबन्धक जयदेव गौतम , शाखा प्रबन्धक प्रकास गौतमले सम्मान तथा बधाई दिदै COT  र TOT को लक्ष्य प्राप्त गर्नका लागि शुभकामना दिनुभएको थियो । 

कार्यक्रममा मुर्गिया शाखाका प्रमुख कृष्ण कंडेल , भैरहवा शाखा प्रमुख उमेश यादव , अर्घाखाँची शाखा प्रमुख सागर भुसाल , बुटवल शाखाका कर्मचारी मिना घिमिरे , बरिष्ठ एजेन्सी म्यानेजरहरु एकराज रिजाल , सुभाष रिजाल , कृष्णबहादुर क्षेत्री , रोहित पौडेल , संगिता बानिया , रेनु गुप्ता लगाएतले शुभकामना तथा बधाई दिनुभएको थियो । अग्रहरी सानिमा लाईफ इन्स्योरेन्स बुटवलको स्थापनाकाल देखि नै बरिष्ठ एजेन्सी म्यानेजर हुनुहुन्छ । 

सानिमा लाईफ गैर आवासिय नेपालीहरुले प्रबद्र्धन गरेको कम्पनी हो । कम्पनीले ग्राहकहरुको माग र चाहनालाई मध्यनजर गर्दै बालबालिका देखि ६५ बर्ष उमेर सम्मका व्यक्ति लक्ष्यित बीमा योजना बजारमा ल्याएको छ । केहिदिन पछि ६० करोडको आईपिओ जारी गर्ने तयारी गरेको सानिमा लाईफको चुक्ता पूजी आईपिओ पश्चात २ अर्ब पुग्नेछ ।   
 

प्रतिक्रिया दिनुहोस