मंगलबार, २१ मंसिर २०७८

भावि पुस्ता हुनेहुन् कस्ता ?

आदरणिय सम्पुर्ण पाठक मन आज एउटा हृदयश्पर्शी कुरा गर्न मन लाग्यो जुन वास्तविक हो । तर कतै बोल्न, खोल्न तथा लेखेरै ब्यक्त गर्न सकिएको छैन । हामी धनी, गरिब जो जस्तो सुकै हौँ रहर ठुलासाना हुन्छन् नै । जागिर खाने, विहे गर्ने, सन्तान जन्माउने यी रहरहरु सबैका साझा रहरहरु नै हुन् । यो सबैमा अवगत नै छ । त्यसैले होला यो प्रकृयामा म पनी अलग रहन सकिन । 


सन्ततिको आमा भएकोले मैले मेरा सन्ततिका हर व्यवहार नियालेर हेर्ने सु–अवसर पाएकी छु । पेटमा छदाँ अनेकौँ पिडा तिमी चलायमान हुदाँ सबै भुलेर मनमनै कल्पनामा भुलेर मौनताले पिडालाई जितिरहे र सपना पनी संगै बोके । तिमी अब बन्ने हो कस्तो ? प्रसव, प्रस्तुति र पिडा मैले प्रस्तुत गरिरहनु पर्दैन यो जो कसैलाई नै थाहा छ ।  


बाटोमा छुम्मुर छुम्मुर हिडिरहेको बच्चा देख्दा लाग्यो तिमी यस्तै कहिले मेरा हात समाउदै हिडछौ, पल्लोघरको बाबु बिद्यालयबाट झोला भिरेर आउदा मनमनै सपना बुन्थे मेरो छोरा कहिले होला झोला भिर्ने ? सरकारी कार्यालयका हर कर्मचारी संग तिमीलाइ तुलना गर्थे सरकारी बर्दीमा तिमी सजीदां कति राम्रो देखिनेछौ ।  


तर आजभोलि यदाकता भित्रभित्रै झसङग हुन्छु । तिम्रा कुनै कुनै तिखा बचनले बलिन्घारा आशु बर्सिन्छन । आगो,पानी,तथा अन्य आपतबिपद पञ्छाउदै तिमीलाइ सबल राख्दै यति ठुलो बनाए तर तिम्रो अभिब्यति देख्दा लाग्छ तिमी आफै आकाशबाट फुत्त झरेछौ । तिम्रा हर जिज्ञासा गुनासोले भरिएका छन् तिमी बुबा आमा प्रति किन सन्तुष्ट छैनौ ? म तिमीलाइ मेरा कुनै दुखान्त घटना पिडा तथा सपना सुनाइरहन्छु तर तिमी भने कानमा इयरफोन राखेर बस्छौ । 


तिमीलाइ आफन्त नातागोता चिनाउन खोजीरहन्छु तर तिमी भने सोसल मिडियामा मस्त ब्यस्त  छौ । म तिम्रो सहयोगको अपेक्षा राखी भित्री आत्माले साथ खोजीरहन्छु तर तिमी किन टाढिदै जान्छौ । अगेनाको डिलमा बसेर खाना पकाइदिए हुन्थ्यो भन्दा तिमी त्यो दिन अन्तै खाना खाएर आउछौ । उडेर चन्द्रमा छुने सपना तिमी बिस्तारामा बसि मोबाइल थिचेर देख्छौ । म आमा भएको नाताले मार्गदर्शन गर्न खोजीरहे तर तिमी त धेरै बिज्ञ भएछौ तिमीले मलाइ उल्टै सिकाइदिन्छौ ।  
मेरा आजभोलि घेरै  आशाहरु  मरीसकेका छन् जुन तिमी गर्भमा  छँदादेखि बोकीरहे । मलाइ डर लाग्छ कतै कुनै दिन तिमी कतै आपनो धर्मकर्म भुलेर आपनै संसार बुन्ने त होइनौ ? तिम्रा अहिलेका हर ब्यस्तता  ब्यर्थता भइ तिमी नाम दाम समय  सबै गुमाएर आमा भन्दै आउने त होइनौ ?  तिम्रो चिन्ता मेरो मुटुमा क्यान्सर रुपि अइजेरु बनि बसिरहेको छ छोरा । 
 

प्रतिक्रिया दिनुहोस