सोमबार, ३१ जेठ २०७८

बुटवल फिटनेसले मनायो १६ औ बार्षिक उत्सव

रुपन्देही ६ फागुन । बुटवल फिटनेस एण्ड जीम सेन्टरले बिभिन्न प्रतियोगितात्मक कार्यक्रम गरेर आफनौ १६ औ बार्षिक उत्सव मनाएको छ । जीम सेन्टरका मुख्य प्रशिक्षक तथा अन्र्तराष्ट्रिय खेलाडी बिजेन्द्रमान श्रेष्ठका अनुसार बिभिन्न ८ बिधामा खेलाडीहरुले प्रतिश्पर्धा गरेका थिए । 

स्क्वाट महिला तर्फ समिक्षा बलाल प्रथम , भूमि मगर दोश्रो र ज्ञानु राना तेश्रो हुनु भएको छ । त्यस्तै पुरुष तर्फ प्रेम राना प्रथम , गोपाल बि क दोश्रो तथा बिजयकुमार यादब तेश्रो हुनु भएको छ । महिला डेड लिफ्ट तर्फ ज्ञानु राना प्रथम , समिक्षा बलाल दोश्रो र लक्ष्मी थापा तेश्रो हुनु भएको छ । पुरुष तर्फ अंकित थापा प्रथम , सुभास सुनार दोश्रो र सन्तोष घले तेश्रो हुनु भएको छ ।

महिला सिटअफ तर्फ सम्झना क्षेत्री प्रथम , सोनम पाठक दोश्रो र नितु सुनार तेश्रो हुनु भएको छ । पुरुषतर्फ सुभाष सुनार प्रथम , सन्दिप क्षेत्री दोश्रो र निर्मल राना तेश्रो हुनु भएको छ ।  बेञ्चप्रेस तर्फ गोपाल बिक प्रथम,सन्तोष ढकाल दोश्रो र सन्तोष घले तेश्रो हुनु भएको छ । त्यसैगरी पुल अफ तर्फ अंकित थापा प्रथम , सक्कल राना दोश्रो र अभिषेक पुन तेश्रो हुनु भएको छ । 


जीम सेन्टरले मोष्ट रेगुलरमा महिला तर्फ डाक्टर रजिना श्रेष्ठ , मोष्ट इम्प्रुभमा करिना घिमिरे तथा अनुशासितमा गंगा राना तथा पुरुष तर्फ मोष्ट रेगुलरमा उमेश जयशवाल , अनुशासितमा अमितकाजी बर्जाचार्य र मोष्ट इम्प्रुभमा अंकित थापालाई सम्मानित गरेको छ ।
बिभिन्न बिधामा बिजयी खेलाडीहरुलाई सञ्चालक तथा मुख्यप्रशिक्षक बिजेन्द्रमान श्रेष्ठ , प्रशिक्षक रजिना मर्हजन श्रेष्ठ , राष्ट्रिय खेलाडी सुनिल आले , राजन श्रेष्ठ , भानुभक्त चौधरी र उमेश शर्माले पुरस्कार बितरण गर्नुभएको थियो । २०६१ सालको फागुन १ गते बुटवल फिटनेस एण्ड जीम सेन्टरको स्थापना भएको थियो । 
 

प्रतिक्रिया दिनुहोस