काठमाण्डौ ११ माघ । इन्टेग्रीटी आइकन नेपाल २०२० को छनौटमा परेका पाँच जना राष्ट्र सेवक कर्मचारीहरुलाई सम्मानित गरिएको छ । सम्मानित हुनेमा नेपालगञ्ज स्वास्थ्यचौकी बाँकेकी जनस्वास्थ्य निरीक्षक आरती थारु, उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालय, लुम्विनी प्रदेश, बुटवलका महाशाखा प्रमुख दिपक ज्ञवाली, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र, ओखलढुंगाका निमित्त प्रमुख हेमबहादुर आले मगर, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा, मंगलसेन नगरपालिका, अछामकी अधिकृत मञ्जु महत र नीलकण्ठ उच्च माध्यमीक विद्यालय, धादिङका शिक्षक डाक्टर नविनबन्धु पहाडी रहनु भएको छ ।
१ हजार ५०० भन्दा बढी मनोनयन मध्ये पाँच जना उत्कृष्ट कर्मचारीलाई छुट्टाछुट्टै टाईटलबाट सम्मानित गरिएको हो । जस अन्तरगत,
आरती थारु : Integrity With Courage
दिपक ज्ञवाली : Integrity With Action
हेम बहादुर आले मगर : Integrity With Innovation
मञ्जु महत : Integrity With Empathy
डाक्टर नविनबन्धु पहाडी : Integrity With Compassion टाईटलबाट सम्मानित हुनु भएको छ ।
पाँच जना आईकन सार्वजनिक भईसकेपछि उहाँहरूलाई चिनाउन र यस अभियानमा आमनागरिकलाई सहभागी गराउन सामाजिक सञ्जालहरूबाट विभिन्न अभियानहरू सञ्चालन गर्नुका साथै जिल्ला स्थित सञ्जालहरु पनि परिचालन गरिएको थियो ।
कार्यक्रममा बधाई तथा शुभकामना दिदै बरिष्ठ राजनैतिक बिश्लेषक हरि शर्माले भिडबाट अलग भएर सदाचारिता देखाउने नै नायक हुन्छन भन्दै देशमा इमान्दार र सदाचार राष्ट्र सेबक पनि छन् भन्ने दृष्टान्त ईन्टेग्रीटी आइकन भएको बताउनु भयो । उहाँले सरकारी सेवामा प्रबेश गर्दा सबै समान हुने भएपनि कार्यसम्पादनका दौरानमा प्रर्दशन हुने बिबेक र व्यबहारले ईन्टेग्रीटी आइकनको रुपमा पहिचान स्थापित हुने बताउनु भयो ।
एकान्ट्याबिलिटी ल्यावका नेपाल प्रमुख नारायण अधिकारीले इमान्दार कर्मचारी राज्यलाई सधै आवश्यक परिरहने भन्दै संकटमा योगदान गर्न सक्ने नै असल राष्ट्र सेवक कहलिने बताउनु भयो । उहाँले कोरोना महामारीको बिचमा आफुलाई अबिचलित राखेर दिएको जिम्मेवारी पुरा गर्ने राष्ट्र सेवक कर्मचारीहरुलाई जनताले आफै सम्मानित गर्ने बताउनु भयो ।
कोभिड – १९ को जोखिम कायमै रहेकोले यस वर्षको सम्मान कार्यक्रम सिमित व्यक्तिको उपस्थितिमा सम्पन्न गरिएको हो । ५० जना प्रत्यक्ष सहभागि रहेको कार्यक्रमको सामाजिक सञ्जालबाट गरिएको प्रत्यक्ष प्रशारणमा भने ५० हजार भन्दा बढी व्यक्तिले सहभागिता जनाएका आयोजक एकाउन्ट्याबिलिटी ल्यावका कार्यक्रम प्रबन्धक अस्मिता शर्माले बताउनु भयो ।
भ्रष्टहरूलाई गाली वा औँला ठड्याउने मात्र होइन इमान्दार राष्ट्रसेवक कर्मचारीको पहिचान सम्मान र सहभागितामा संयन्त्र सुधार्न सकिन्छ भन्ने उदेश्यका साथ सन् २०१४ मा नेपालबाट सुरु भएको यो अभियान सातौँ संस्करण सम्म आइपुग्दा विश्वका १२ वटा देशमा विस्तारित भईसकेकोछ ।
प्रतिक्रिया दिनुहोस