सोमबार, ३१ जेठ २०७८

प्रथम ग्रिन फिल्ड फुटसल प्रतियोगिताको उपाधि आयोजकलाई

रुपन्देही ८ माघ । बुटवलमा सम्पन्न प्रथम ग्रिन फिल्ड फुटसल प्रतियोगिताको उपाधि आयोजक ग्रिन फिल्ड फुटसल क्लवले जितेको छ । फाइनलमा स्मृती एफसिलाई सडेन डेथमा हराउदै आयोजकले नगद ३० हजार सहित उपाधी जितेको हो । उपबिजेता बनेको स्मृतीले १५ हजार नगद प्राप्त गरेको छ । 

प्रतियोगितामा स्मृती एफसिका निशान न्यौपाने उत्कृष्ट खेलाडी , ग्रिन फिल्डका अनुप गुरुङ हाईस्कोरर र बेष्ट किपरमा ग्रिन फुटसलका बिष्णु पल्ली घोषित हुनु भएको छ । बिजेता तथा उपबिजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले पुरस्कार प्रदान गर्दै खेलकुदले युवाहरुलाई सतमार्गमा लाग्न प्रेरीत गर्ने बताउनु भयो । उहाँले सरकारले फुटसल खेलको बिकास र बिस्तारका लागि योजना बनाएर अगाडी बढ्नु पर्ने बताउनु भयो । 

ग्रिन फिल्ड फुटसल क्लवका अध्यक्ष अर्जुन के सि को सभापतित्व , धनसिंह खाम्चाको सञ्चालनमा भएको कार्यक्रममा नेपाली कांग्रेसका बुटवल उपमहानगर सभापति खेलराज पाण्डे , नेकपाका यूवा नेता राजु गुरुङ , बडा सदस्य यम बराल लगाएतले बोल्नु भएको थियो ।

क्लवले आगामी दिनमा वडा , जिल्ला , प्रदेश तथा राष्ट्रियस्तरका प्रतियोगिताको समेत आयोजना गर्ने योजना बनाएको अध्यक्ष अर्जुन के सि ले जानकारी दिनुभयो । प्रतियोगितामा रुपन्देही , नवलपरासी , कपिलबस्तु र पाल्पाका २८ टिमले सहभागिता जनाएका थिए । 
 

प्रतिक्रिया दिनुहोस