विहीबार, ०२ बैशाख २०७८

बुटवलमा प्रथम ग्रिन फिल्ड खुल्ला फुटसल प्रतियोगिता हुदै

रुपन्देही ६ माघ । बुटवलमा प्रथम ग्रिन फिल्ड खुल्ला फुटसल प्रतियोगिता हुने भएको छ । माघको ७ र ८ गते बुटवलको देबिनगरमा रहेको ग्रिन फिल्ड फुटसलको मैदानमा हुने प्रतियोगितामा रुपन्देही, पाल्पा, नवलपरासी र कपिलबस्तुका २८ टिमले सहभागिता जनाउने ग्रिन फिल्ड फुटसल बुटवलका अध्यक्ष अर्जुन के सि ले जानकारी दिनुभयो ।

उपाधि बिजेताले ३० हजार र उपबिजेताले १५ हजार नगद र ट्रफि प्राप्त गर्ने कार्यक्रम संयोजक बिष्णु कसौधनले बताउनु भयो । युवाहरुलाई दुरव्यसनबाट टाढा राख्दै खेलकुद प्रति आकर्षण बढाउदै शारिरिक र मानसिक रुपले बलियो र सक्षम बनाउनका लागि प्रतियोगिता आयोजना गरिएको अध्यक्ष के सि ले बताउनु भयो ।

ग्रिन फिल्ड बुटवल उपमहानगरपालिमा रहेको एकमात्र फुटसल हो । बुटवलमा आयोजना भएको यो नै पहिलो फुटसल प्रतियोगिता रहेको आयोजकले बताएका छन् । 
 

प्रतिक्रिया दिनुहोस