मंगलबार, २१ मंसिर २०७८

रुपन्देहीमा ५ बर्षिया बालिका बलात्कृत

रुपन्देही ५ माघ । रुपन्देहीमा पाँच बर्षिया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार कपिलबस्तुको बाणगंगा १२ घरभई रुपन्देहीको तिलोत्तमा १३ बबनीमा मजदुरी गरेर बस्ने २८ बर्षिय होमबहादु्र बिक पक्राउ परेका हुन ।

तिलोत्तमा १५ कोटिहवाकी ५ बर्षिया बालिका माघे संक्रान्तीको दिन घरबाट पसल जानेक्रममा बलात्कृत भएको रुपन्देहीका प्रहरी प्रमुख प्रबिन पोखरेलले बताउनु भयो । साँझ ५ बजे घरबाट निस्किएकी बालिका करिब ८ बजेसम्म नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।

घरको केहिपर रहेको खोल्सामा बालिकालाई गम्भीर अबस्थामा फेला पारिएको थियो  । आरोपित घटनास्थल मै थिए । रुपन्देहीमा उपचार संभव नभएपछि बालिकालाई काठमाण्डौ लगिएको छ । प्रहरी प्रमुख पोखरेलका अनुसार प्रहरी घटनास्थलमा पुग्दा बालिकाको गुप्ताङ्ग क्षतबिक्षत अबस्थामा थियो , शरिरका अन्य अंगमा समेत चोट लागेको थियो । 
 

प्रतिक्रिया दिनुहोस