शनिबार, १६ साउन २०७८

जेसिआइ सुद्धोधन बर्ष २०२१ का लागि रामजीको नेतृत्व

रुपन्देही २ माघ । जेसिआइ सुद्धोधनको शुक्रबार सम्पन्न भएको अधिबेसनले बर्ष २०२१ का लागि रामजी पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिको कार्यकारीणी उपाध्यक्षमा मुकेश कुँवर र रमेश गौतम , उपाध्यक्षमा महेन्द्र गौतम , सुरज ज्ञवाली , सञ्जु चापागाई र यज्ञ आचार्य रहनु भएको छ । सचिबमा बिजय पराजुली , सह कोषाध्यक्षमा नबिन के सि निर्बिरोध चयन हुनु भएको सिनेटर रमेश खनालले जानकारी दिनुभयो । 

नब निर्बाचित अध्यक्ष पौडेलले महासचिबमा रुपा पराजुली , कानुनी सल्लाहकारमा सिनेटर रमेश खनाल र कोषाध्यक्षमा राहुल खनाललाई मनोनित गर्नुभएको छ । अधिबेसनको उद्घाटन गर्दै नेपाली कांग्रेस लुम्विनी प्रदेशका संसदीय दलका प्रमुख सचेतक फकरुद्धिन खानले लोकतन्त्र जोगाउने दायित्व यूवाहरुको काँधमा आएको बताउनु भयो । 

शासन व्यक्तिको होइन बिधिको हुनुपर्दछ भन्ने जेसिजको मान्यता अहिलेको अबस्थामा झनै सान्र्दभिक भएको भन्दै युवा नेता समेत रहनु भएका प्रमुख सचेतक खानले समाजमा गर्ने योगदानले व्यक्तित्व बिकासमा उर्जा थप्ने बताउनु भयो । सो अबसरमा नेपाल जेसिज बर्ष २०२१ का कार्यकारीणी उपाध्यक्ष भोजराज चापागाईले उम्मेदवार प्रशिक्षण तथा अन्र्तबार्ता गर्नुभएको थियो । त्यस अबसरमा संस्थापक अध्यक्ष रमेश खनालले जेसिआई सुद्धोधनको भवन निर्माणका लागि जग्गा उपलव्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

बर्ष २०२० का अध्यक्ष चुडामणी डुम्रेको अध्यक्षता , सचिब महेन्द्र गौतमको सञ्चालन तथा कार्यकारीणी उपाध्यक्ष धनराज कंडेलको स्वागत र अर्का कार्यकारीणी उपाध्यक्ष जुनु खाम्चा मगरको जेसिज आस्थापाठमा भएको कार्यक्रममा नेपाल जेसिजका बर्ष २०२० का राष्ट्रिय उपाध्यक्ष गोबिन्द पंगेनी , नेपाली कांग्रेस सुद्धोधन गाउपालिका सभापति शेरबहादुर काफ्ले लगाएतले बोल्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस