सोमबार, ३१ जेठ २०७८

राष्ट्रपति र प्रधानमन्त्री मिलेर संबिधानमाथी प्रहार गरे : नेता खाँण

रुपन्देही १४ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री के पि ओली मिलेर संबिधान माथी प्रहार गरिरहेको आरोप लगाउनु भएको छ । ओली प्रधानमन्त्री भएको दिनदेखि नै संबिधान असफल बनाउन प्रहार सुरु भएको भन्दै नेता खाँणले प्रतिनिधिसभा बिघटन गरेर संबिधानमाथी अन्तिम प्रहार गरिएको बताउनु भयो । 

नेपाल प्रेस यूनियन रुपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले संसदको सामना गर्न नसकेर प्रधानमन्त्री के पि ओलीले प्रतिनिधिसभा बिघटन गरेको भन्दै असंबैधानीक र अलोकतान्त्रिक कदमका बिरुद्ध कांग्रेसले आन्दोलन सुरु गरेको बताउनु भयो ।

उहाँले सर्बोच्च अदालतमा बिचाराधिन अबस्थामा रहेको मुद्धालाई प्रभाब पार्ने गरी कांग्रेसले दवाव नदिने भन्दै उहाँले  प्रधानमन्त्रीले प्रतिनिधिसभा बिघटन गर्न पाउने संबिधानमा कहि कतै उल्लेख नभएकोले अदालतले पनि संबिधान अनुसार नै फैसला गर्ने बिश्वास व्यक्त गर्नुभयो ।  

उहाँले नेकपा बिभाजन गराउने र मिलाउने खेलमा कांग्रेस सहभागी नभएको र नहुने स्पष्ट पार्नुभयो । बिघठित प्रतिनिधिसभामा प्रमुख सचेतक रहनु भएका खाँणले कोरोना महामारी नियन्त्रण गर्न पूर्णत असफल भएको सरकार भष्ट्राचारका दर्जनौ काण्डमा मुछिएको आरोप लगाउनु भयो । 
 

प्रतिक्रिया दिनुहोस