सोमबार, ०५ माघ २०७७

सानिमा लाईफद्धारा मृत्यूदावी भुक्तानी

रुपन्देही १४ पुस । सानिमा लाईफ इन्स्योरेन्सले मृत्यू दाबी भुक्तानी गरेको छ । चितवनको भरतपुर महानगरपालिका १० आनन्दपुरका भानुभक्त कंडेलको हृदयघातका कारण मृत्यु भएपछि पत्नी पार्वती कंडेललाई कम्पनीका लुम्विनी प्रदेश प्रमुख जयदेव गौतमले ५ लाख २० हजारको चेक हस्तान्तरण गर्नुभएको हो । 

२०७६ सालको पुस २९ गते ४१ हजार ७२१ रुपैया बिमाशुल्क बुझाएर कम्पनीको बर्दघाट शाखाबाट ५ लाखको बिमा गराएका कंडेलको २०७७ साउन २९ गते मृत्यु भएको थियो । 
कार्यक्रममा सानिमा लाईफ इन्स्योरेन्सका लुम्विनी प्रदेश प्रमुख जयदेव गौतमले कम्पनीले सरल र सहज ढंगबाट दावी भुक्तानी गरिरहेको भन्दै बिमा योजनामा समेत उत्कृष्ट रहेको सानिमा लाईफमा बिमा गराएर जोखिम हस्तान्तरण र बचत  गर्न आग्रह गर्नुभयो । 

चेक हस्तान्तरण कार्यक्रममा कम्पनीका बर्दघाट शाखा प्रबन्धक ढाकाराम तिम्सीना ,नारायणगढ शाखा प्रबन्धक बिकास भुसाल, हाकिमचोक शाखा प्रबन्धक अनन्तराज वाग्ले , एजेन्सी म्यानेजरहरु केशरप्रसाद पोखरेल, खुमा गैरे रेग्मीको सहभागिता रहेको थियो । 
 

प्रतिक्रिया दिनुहोस