बुधबार, ०८ चैत्र २०७९

प्रतिनिधिसभा भंग , बैशाख १७ र २७ गते मध्याबधि चुनाव

राष्ट्रपति बिद्यादेबी भण्डारीले प्रतिनिधिसभा बिघटन गर्न सरकारले गरेको सिफारिस सदर गर्दै मध्यावधि चुनावको नयाँ मिती तोक्नु भएको छ । बिहान बसेको मन्त्रीपरिषदको बैठकले प्रतिनिधिसभा बिघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

राष्ट्रपति कार्यालयद्धारा जारी सुचनाका अनुसार २०७८ साल बैशाखको १७ गते पहिलो चरण र बैशाखको २७ गते दोश्रो चरणका लागि चुनावको मिती तय भएको छ । राष्ट्रपति भण्डारीले सरकारको सिफारिस सदर गरेसंगै प्रतिनिधिसभा बिघटन भएको छ । संबिधानबिदहरुले भने सरकारले असंबैधानिक कदम चालेको बताएका छन् ।

प्रमुख बिपक्षी नेपाली कांग्रेस , जनता समाजबादी पार्टी लगाएतका दलले प्रतिनिधिसभा बिघटनको निर्णयलाई असंबैधानिक भन्दै प्रतिबाद गर्ने बताएका छन् । आफुलाई प्रधानमन्त्री पदबाट आफनै पार्टीका नेताहरुले हटाउने तयारी गरेको भन्दै प्रधानमन्त्री ओली प्रतिनिधिसभा बिघटनको सिफारीस गर्नुभएको हो । प्रधानमन्त्री ओलीको पछिल्लो कदमको सबत्र बिरोध भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस