सोमबार, ०५ माघ २०७७

खुट्टा गुमाएकी बिष्णुमायालाई जीम तथा फिटनेस व्यबसाय संघको सहयोग

रुपन्देही २९ मंसिर । रुपन्देही जिल्ला जीम तथा फिटनेस व्यबसाय संघले दुर्घटनामा परी खुट्टा गुमाएकी भारत्तोलन खेलाडी बिष्णुमाया पुनलाई आर्थिक सहयोग गरेको छ । संघका सचिब चन्द्रमान श्रेष्ठको नेतृत्वमा सञ्चालित आर्थिक संकलन अभियानबाट संकलन भएको २९ हजार ७०५ रुपैया नगद बिष्णुमायालाई प्रदान गरिएको रुपन्देही जिल्ला जीम तथा फिटनेस व्यबसाय संघका अध्यक्ष बिजेन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो । 

त्यसअबसरमा रुपन्देही जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख संगम थापा , शारिरीक सुगठनका केन्द्रिय सदस्य शिबध्वज राई , शारिरिक सुगठनका निर्णायक केशब शाक्य , रुपन्देही जिल्ला शारिरिक सुगठन संघका अध्यक्ष सितुप्रसाद श्रेष्ठ , लुम्बिनी साइकल संघका अध्यक्ष पुकार थापा , सपना आचार्य लगाएतको सहभागिता रहेको थियो । 

बुटवलकी बिष्णुमायाले लुम्विनी र प्रदेश स्तरीय शारिरिक सुगठन प्रतियोगिता अन्र्तगत महिला भारत्तोलनमा स्वर्ण पदक जित्नु भएको थियो । गएको बर्ष चैत्रको ५ गते बुटवलको बेसक्याप नजिकै टिप्परले ठक्कर दिएपछि भएको दुर्घटनामापरि बिष्णुमायाले एउटा खुट्टा गुमाउनु भएको छ ।  
 

प्रतिक्रिया दिनुहोस