सोमबार, ०५ माघ २०७७

बार्षिक उत्सवमा सानिमा लाइफको बुटवलमा पुर्नताजगी कार्यक्रम

रुपन्देही २२ मंसिर । सानिमा लाइफ इन्स्योरेन्सले तेश्रो बार्षिक उत्सवको अबसरमा बुटवलमा सोमबार एजेन्सी म्यानेजर पुर्नताजगी कार्यक्रम सम्पन्न गरेको छ । 

सो अबसरमा बोल्दै कम्पनीमा मुख्य प्रबन्धक गणेश चौलागाईले बीमा जागरण गराउदै सानिमा लाइफले बिश्वसनिय र उत्कृष्ट सेवा प्रदान गरिरहेको बताउनु भयो । मुख्य प्रबन्धक चौलागाईले देशभर रहेका अभिकर्ताहरुलाई प्रबिधिमैत्री बनाउने र बीमा शिक्षा प्रदान गर्ने कार्य निरन्तर गरिरहेको बताउनु भयो । क्षेत्रिय प्रबन्धक जयदेव गौतमले लुम्विनी प्रदेशमा सानिमा लाइफले छोटो समयमा उत्कृष्ट र फरक पहिचान बनाउन सफल भएको बताउनु भयो । 

कार्यक्रममा एजेन्सी म्यानेजरहरु सुभाष रिजाल , एकराज रिजाल , रोहित पौडेल , अनिस भण्डारी , कृष्णबहादुर क्षेत्री , श्रृजना भट्टराई र ठुलो बीमाङकबाट बिमितहरु मध्येबाट कुमार भट्टराईलाई सम्मानित गरिएको बुटवल शाखा प्रबन्धक प्रकास गौतमले जानकारी दिनुभयो । 

२०७४ साल मंसिर २२ गते स्थापना भएको सानिमा लाइफले सरल , दिर्घायू , दम्पती , बालसौगात , धनसञ्चय , धनपति , बार्षिक धनफिर्ता , शुभलक्ष्मी , एकल भुक्तानी , म्यादी र घातक रोग रक्षाबरण लगाएतका बीमा योजना बजारमा ल्याएको छ । गैर आवासिय नेपाली प्रर्बदक रहेको सानिमा लाइफको १ अर्ब ४० करोडको चुक्ता पूजि रहेको छ । ६० करोड बराबरको सर्बसाधारणका लागि सेयर ( आइपिओ )  यसै आर्थिक बर्षमा कम्पनीले जारी गर्दैछ ।  
 

प्रतिक्रिया दिनुहोस