सोमबार, ३१ जेठ २०७८

सानिमा लाइफ इन्स्योरेन्सद्धारा मृत्युदावी भुक्तानी

रुपन्देही १४ मंसिर । सानिमा लाइफ इन्स्योरेन्स बर्दघाट शाखा नवलपरासीले मृत्यु दावी भुक्तानी गरेको छ । ५ लाख बीमाङ्कको सानिमा म्यादी जीवन बीमा गरेका बर्दघाट नगरपालिका वडा नम्बर ८ का महेन्द्र सापकोटाको मृत्यु भएपछि हकवाला श्रीमती रिता पौडेल सापकोटालाई उक्त बिमाङ्क बराबरको चेक कम्पनीका लुम्विनी प्रदेश प्रमुख जयदेब गौतमले आइतबार हस्तान्तरण गर्नुभएको हो ।

२०७७ असार ७ गते १ हजार ५० रुपैया बीमाशुल्क तिरेर बीमा गरेका सापकोटाको असोज ५ गते निधन भएको थियो । सानिमा लाइफका बर्दघाट शाखा प्रबन्धक ढाकाराम तिम्सिनाको सभापतित्वमा भएको कार्यक्रममा वडा नम्बर ८ का वडाध्यक्ष कबिराज आचार्य , वडा नम्बर ९ का अध्यक्ष चन्द्रकान्त चापागाई,समाजसेवी कुलदेब श्रेष्ठ , दिव्यज्योती क्याम्पसका सहायक प्रमुख दिपकबहादुर खड्का लगाएतले बोल्दै जीवन बीमाको चेतना फैलाउदै नागरिकलाई बीमाको दायरामा ल्याउनु पर्ने बताउनु भएको थियो । 

गैर आवासिय नेपालीहरुको लगानी रहेको सानिमा लाइफ इन्स्योरेन्सले म्यादी जीवन बीमा सहित उत्कृष्ट ११ वटा पोलिसी बजारमा ल्याएको र बिमितहरुलाई उत्कृष्ट र बिश्वसनीय सेवा प्रदान गरिरहेको प्रदेश प्रमुख जयदेब गौतमले बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस