रुपन्देही २ कार्तिक । बुटवलमा आइसियू बेड नपाएर एकजना सरकारी कर्मचारीको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ८ मा नायव सुव्वा तहमा कार्यरत ४९ बर्षिय पुरुष कर्मचारीको उपचारको लागि आइसियु बेड नपाएर ज्यान गएको उपमहानगरका कर्मचारीले बताएका छन ।
असोज २७ गते कोरोना पुष्टि भएपनि उहाँ होम आइसोलेसनमा बस्नु भएको थियो । शनिबार समस्या बढेपछि कोरोना अस्पतालमा बेड खाली नभएका कारण लुम्विनी प्रादेशिक अस्पतालमा लगेर फिबर क्लिनिकमा राखिएको थियो ।
समस्या बढेपछि कोरोना अस्पतालमा लगिएको केहि समयमा नै उहाको मृत्यु भएको हो । तर अस्पतालका सुचना अधिकारी डाक्टर बिष्णु गौतमले उपचारका सबै प्रकृया पुरा गरेपनि बचाउन नसकिएको बताउनु भयो । मृतकमा कुनै दिर्घरोग थिएन ।
प्रतिक्रिया दिनुहोस