रुपन्देही २० असोज । प्रदेश नम्बर ५ ले आज स्थायी राजधानी पाएको छ । प्रदेश सभाको आजको बैठकले प्रदेश नम्बर ५ को नाम लुम्विनी र राजधानी दाङको भालुवाङ राख्ने निर्णय गरेको हो ।
८७ सदस्यीय प्रदेश सभामा भालुवाङको पक्षमा ६९ मत परेको छ । जुन प्रदेश सभाको दुइ तिहाई हो । बिपक्षमा १३ मत परेको छ । मतदान प्रकृयामा ८२ जना प्रदेश सभा सदस्यले भाग लिएका थिए ।
संबिधान अनुसार दुई तिहाई बहुमतले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ चयन भएको सभामुख पूर्णबहादुर घर्तिले घोषणा गर्नुभयो । प्रदेशको नाम लुम्विनी रहने निश्चित छ ।
यद्यपी मतदानको प्रकृया चलिरहेको छ । करिब ३ बर्ष अघि शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेश नम्बर पाँचको अस्थायी राजधानी रुपन्देहीलाई तोकेको थियो ।
प्रतिक्रिया दिनुहोस