बुधबार, ०८ चैत्र २०७९

प्रदेश सभामा कुलप्रसाद के सि को ' सोनाम ' रुप

रुपन्देही १९ असोज । प्रदेश ५ का आन्तरिक मामिला मन्त्री कुलप्रसाद के सि ले बिपक्षी कांग्रेसका सांसदहरुलाई घिसारेर सदनबाट बाहिर निकाल्न निर्देशन दिनु भएको छ । प्रदेश सभाको सोमबारको बैठकमा नाराबाजी गरिरहेका कांग्रेसका प्रदेश सभा सदस्यहरुलाई मन्त्री के सि ले घिसारेर बाहिर निकाल्न मर्यादापालकलाई निर्देशन दिनु भएको हो । 

आफु बोलिरहेका बेला नाराबाजी गरिरहेको र टेवुल ठोकिरहेको भन्दै मन्त्री के सि ले मर्यादापालकलाई निर्देशन दिदै भन्नुभयो हेलो हेलो समातेर हाली दिनुस घिसारेर निकालिदिनुस् । मन्त्री के सि ले बोलिरहेको बेला कांग्रेस सांसदहरुले संसदको मर्यादा कायम राख्न माग गर्दै नाराबाजी गरिरहेका थिए ।

आन्तरिक मामिला मन्त्री के सि रोष्टममा निक्कै आक्रोसित भएर बोल्नु भएको देखिन्थ्यो । माओवादीले जनयुद्ध सञ्चालन गरिरहेका बेला कुलप्रसाद के सि सोनाम उपनामले चिनिनुहुन्थ्यो । सोनाम डेपुटी कमाण्डरको जिम्मेवारीमा रहनु भएको थियो । रोल्पाको प्रदेश १ बाट उहाँ प्रदेश सभामा निर्बाचित हुनु भएको हो । 

राजधानी जस्तो संबेदनसिल बिषयमा निर्णय गर्दा राजनैतिक सहमती कायम गर्नुपर्ने भन्दै कांग्रेसले केहि दिन बैठक स्थगित गर्न माग गरेको थियो । तर सरकार पक्ष त्यसका लागि तयार नभएपछि कांग्रेसका सांसदले नाराबाजी गरेका थिए ।
नाराबाजीका बिचमा सभामुख पुर्णबहादुर घर्तिले बैठक अगाडि बढाएपछि आक्रोसित बनेका कांग्रेसका प्रदेश सभा सदस्यहरु बैजनाथ कलवार , वसिउद्धिन खान र अष्टभुजा पाठकले कुर्चि तोड्नु भएको थियो । पाठक र खान रुपन्देही तथा कलवार नवलपरासीबाट प्रत्यक्ष निर्बाचित सदस्य हुनुहुन्छ । 

बुटवल राजधानी हुनुपर्दछ भनेर पक्षमा बोलीरहेका नेकपाका भोजप्रसाद श्रेष्ठलाई सभामुखबाट पटकपटक बोल्न अबरोध गरिएको थियो । श्रेष्ठले प्रतिपक्षलाई पनि सहमतीमा ल्याएर सदन चलाउनु लोकतान्त्रिक चरित्र हुने भन्दै बोल्न पाउनु पर्ने माग गरिरहनु भएको थियो । श्रेष्ठले भालुवाङ राजधानीका लागि चयन गरिनुको औचित्य पुष्टि गर्न प्रदेश सरकारलाई चुनौती दिनु भएको थियो ।  

प्रतिपक्षको अबरोधका बिच सभामुखले सदनको कारवाही अगाडि बढाइरहनु ,प्रतिपक्ष कांग्रेसले कुर्चि तोडफोड गर्नु र आन्तरिक मामिला मन्त्री कुलप्रसाद के सि ले प्रतिपक्षका सांसदलाई घिसारेर बाहिर निकाल्न रोष्टमबाटै मर्यादापालकलाई निर्देशन दिनु संसदीय मर्यादा बिपरितका घटना भन्दै आलोचना भइरहेको छ । प्रदेश सरकारले स्थायी राजधानी दाङको भालुवाङ राख्ने निर्णय गर्दै प्रदेश सभामा प्रस्ताव दर्ता गराएपछि बुटवलमा प्रर्दशन भइरहेको छ ।  
 

प्रतिक्रिया दिनुहोस