सोमबार, ०५ माघ २०७७

प्रदेश राजधानी सार्ने निर्णय बिरुद्ध कांग्रेसद्धारा रुपन्देही बन्द , व्यवसायिक संस्थाले बिरोध प्रर्दशन गर्ने

रुपन्देही १८ असोज । प्रदेश सरकारले बुटवलको अस्थायी राजधानी लाई दाङको भालुवाङ सार्न प्रदेश सभामा प्रस्ताव दर्ता गरेपछि रुपन्देहीमा बिरोध प्रर्दशन सुरु भएको छ । सरकारको प्रस्तावको बिरुद्ध नेपाली कांग्रेसले आन्दोलनका कार्यक्रम नै घोषणा गरेको छ । कांग्रेसको आव्हानमा आइतबार रुपन्देही बन्दको आव्हान गरिएको छ ।

सनिबार साँझ मसाल जुलुस निकालिएको थियो । कांग्रेसले सोमबार प्रदेश सभा घेराउ गर्ने र प्रदेश सभा सदस्यहरुलाई संसदमा छिर्न नदिने बताएको छ । प्रदेश राजधानी सार्ने प्रस्ताव बिरुद्ध रुपन्देहीमा रहेका व्यवसायीक संघसंस्थापनि एक ठाउमा उभिएका छन ।

बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष खिमबहादुर हमालको संयोजकत्वमा १५ सदस्यीय संघष समिति गठन गर्दै उनीहरुले प्रस्ताव सच्चाउन सरकार संग आग्रह गरेका छन । सञ्जालले आइतबार बिहान बुटवलमा बिरोध ¥याली प्रदर्शन गर्ने तथा दिउँसो मुख्यमन्त्री तथा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरेको छ । त्यस्तै गरी सोमबार बस्ने प्रदेश सभा बैठकलाई प्रभावित पार्नेगरी संसद भवन अंगाडी प्रदर्शन गर्ने र्काक्रम तय गरिएको रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनीले जानकारी दिनुभयो । 

त्यस्तै सोमबार नै प्रदेश पाँचमा पर्ने साविक लुम्बिनी अञ्चलका ६ जिल्ला बन्द गर्न सञ्जालले आह्वान गरेको छ । त्यस्तै संघसंस्थाहरुले आह्वान गरेका बिरोधका कार्यक्रममा साथ सहयोग गर्नका लागि समेत उद्योगी व्यबसायी तथा आम सर्वसाधारणलाई आह्वान गरिएको छ । 

संघर्ष समितिको  सदस्यहरुमा रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनी, रुपन्देही उद्योग संघका कार्यवाहक अध्यक्ष माधव पौडेल, पश्चिम नेपाल बस व्यबसायी प्रालिका अध्यक्ष दधिराम खरेल, नेपाल उद्योग परिसंघका केन्द्रीय सदस्य एजाज आलम, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघका अध्यक्ष समुन्द्र जि सि , महासचिब माधवकुमार खनाल , पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे लगायत अन्य व्यवसायीक तथा सामाजिक संघ संस्थाका प्रतिनिधि रहनुभएको छ । 
 

प्रतिक्रिया दिनुहोस