सोमबार, ३१ जेठ २०७८

कपिलबस्तु र नवलपरासीका संक्रमितको बुटवलमा मृत्यु

रुपन्देही ८ असोज । कोरोना बिशेष अस्पताल बुटवलमा उपचार गराइरहेका २ जना कोरोना संक्रमितको आज मृत्यु भएको छ ।

लुम्विनी प्रादेशिक अस्पताल बुटवलका सुचना अधिकारी डाक्टर बिष्णु गौतमका अनुसार कपिलबस्तु बुद्धभूमि नगरपालिका वडा नम्बर ६ का ५० बर्षका पुरुष र नवलपरासीको रामग्राम नगरपालिका ३ का ४९ बर्षिय पुरुषको मृत्यु भएको हो ।

दुबैजनालाई आसियुमा राखेर भेण्टिलेटरको सहायतामा ७ दिनदेखि उपचार भइरहेको थियो । कपिलबस्तुका पुरुषमा मधुमेह र मृगौलाको समस्या थियो । नवलपरासीका पुरुषमा कलेजोको समस्या रहेको थियो । 
 

प्रतिक्रिया दिनुहोस