मंगलबार, २१ मंसिर २०७८

शनिबार बेलुकादेखि पानी पर्न कम हुदैजाने

आज र भोलि धेरै ठाउँमा ठूलो पानी पर्ने र एक दुई ठाउँमा निकै ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । भारतको मध्य प्रदेशको पूर्वी क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्र उत्तर पूर्व सरिरहेकाले नेपालका विभिन्न ठाउँमा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसकै प्रभावले अस्ति बेलुकीदेखि नै झरी परेको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज र भोलि देशभरिकै मौसम एकैछिन खुले पनि फेरि पानी परिहाल्नेछ । पर्सि दिउँसोसम्म नै धेरै ठाउँमा ठूलो पानी पर्ने र केही ठाउँमा निकै ठूलो पानी पर्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम छ । पर्सि शनिबार बेलुकीदेखि बिस्तारै पानी पर्ने क्रम कम हुँदै जाने पनि उहाँले बताउनुभयो ।

तर हल्कादेखि सामान्य वर्षा भने अझै केही दिन हुने संभावना छ । यो वर्ष मनसुन सकिने बेलामा झन् सक्रिय भएको छ । सामान्यतया सेप्टेम्बर २३ मा नेपालबाट मनसुन बाहिरिनुपर्ने भएपनि केही वर्षयता ढिला प्रवेश गरी ढिलै बाहिरिने गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस