सरकारले पिसिआर परीक्षणको शुल्क आधा घटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अधिकतम परीक्षण शुल्क दुई हजार रुपैयाँ तोकिएको जानकारी दिनुभयो ।
उहाका अनुसार अब निजी तथा सरकारी सबै प्रयोगशालाले पिसिआर परीक्षण गरेबापत अधिकतम दुई हजार रुपैयाँ लिन पाउने छन् । यसअघि प्रयोगशालाहरूले अधिकतम ४ हजार ४ सय रुपैयाँ लिन पाउने भनिएको थियो ।
विश्व बजारमा पिसिआर परीक्षण गर्न चाहिने आवश्यक किटको मूल्य घटेको र विश्व बजारमै यसको शुल्क पुनारावलोकन गरिएकाले नेपालमा पनि शुल्क घटाइएको मन्त्रालयले जनाएको छ ।
यता बिरामी र उच्च जोखिममा परेकाहरुका लागि निःशुल्क परीक्षण र २४ घण्टामा रिपोर्ट दिने तयारी गरिएको लुम्विनी प्रादेशिक अस्पताल बुटवलका अध्यक्ष सुर्यबहादुर भट्टराईले जानकारी दिनुभएको छ । अस्पतालले परीक्षण संख्या बढाई दैनिक ४ सयदेखि ५ सय जनाको परीक्षण गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस