सोमबार, ३१ जेठ २०७८

गुल्मीदरबारलाई नागरिक मैत्री बनाइदै

गुल्मी ४ भदौ । गुल्मीदरबार गाउँपालिकाले नागरिक सहायता कक्ष संचालन गरेको छ । सेवा लिन आउने नागरिकलाई सहजिकरण गर्ने उदेश्यले सहायता कक्ष संचालनमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताउनु भयो । सहायता कक्षबाट नागरिकका निवेदन लेखिदिने के कामको लागि के के कागजात चाहिन्छ र कुन कोठामा के काम हुन्छ भन्ने विषयमा जानकारी दिने व्यवस्था मिलाईएको छ । 

पालिकाको कार्यालयमा सबै कोठाहरुको नम्बरिङ्ग र एक्टेक्सन नम्बरको व्यवस्था गरीएको¸ पालिकाका शाखा प्रमुख र वडा सचिवलाई पालिकाको सिमकार्ड उपलब्ध गराई नागरिकले जुनसुकै समयमा पनि सम्पर्क गरी आवश्यक जानकारी तथा सोधपुछ गर्न सक्ने गरी सेवा प्रवाहलाई प्रभावकारी बनाइएको पालिका अध्यक्ष अशोककुमार थापाले बताउनु भयो ।   पालिकाका सबै शाखाहरुबाट सम्पादन गरिएको कार्यहरुको दैनिक र मासिक प्रगती प्रतिवेदन तयार गरी पालिकाको समग्र कृयाकलापहरुलाई समेटेर मासिक e-bulletin प्रकाशन गर्ने व्यवस्था मिलाईएको छ । 

प्रमुख प्रशासकीय अधिकृत र पालिकाका सबै शाखा प्रमुख र वडा सचिवहरुसँग उनीहरुले गर्ने कार्यविवरण र उपलब्धीका सूचकहरुलाई समावेश गरीएर कार्य सम्पादन सम्झौता गरि प्रभावकारी सेवा प्रवाहको प्रबन्ध मिलाउनुका साथै प्रगती प्रतिवेदन र अनुगमन गर्ने व्यवस्था समेत मिलाईएको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताउनु भयो । 

गाउँपालिकाले २०७७ श्रावण महिनामा भूमि बैंक सम्बन्धी कार्यविधि २०७७¸ संघ संस्था दर्ता सम्बन्धी कार्यविधि २०७७¸ व्यवसाय दर्ता¸नविकरण तथा कर सम्बन्धी कार्यविधि २०७७¸ सार्वजनिक खर्च मितव्ययीता सम्बन्धी निर्देशिका २०७७ जारी गरेको छ । कोभिड १९ संक्रमण रोकथाम नियन्त्रण गर्दै समृद्ध पालिका बनाउन पालिकाका सम्पूर्ण कर्मचारी र जनप्रतिनिधिहरु लागि परेको गाउँपालिकाका अध्यक्ष थापाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस