सोमबार, ०५ माघ २०७७

बुटवल र तिलोत्तमाका बैङ्क तथा बित्तिय सस्थामा नगद कारोबारमा रोक

रुपन्देही ३२ साउन । बुटवल र तिलोत्तमा नगरपालिकामा रहेका बैङ्क तथा बित्तिय संस्थामा नगद कारोबार बन्द भएको छ । बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाले आइतबार छुट्टाछुट्टै सार्बजनिक सुचना निकाल्दै बैङ्क, बित्तिय संस्था तथा सहकारीहरुमा हुने नगद कारोबारका कारण कोरोनाको जोखिम उच्च भएको भन्दै सम्वन्धीत पालिकाहरुमा रहेका कार्यालयहरुबाट हुने नगद कारोबार बन्द गर्न निर्देशन दिएका छन । 

पछिल्लो समय बैङ्क तथा बित्तिय संस्थामा कार्यरत कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको छ । बुटवल उपमहानगरपालिकाले भदौको ५ गते सम्म नगद कारोबारमा रोक लगाएको छ भने तिलोत्तमा नगरपालिकाले भदौको १० गते सम्म नगद कारोबार गर्न नपाइने बताएको छ ।

बुटवलमा आइतबार १६ जना संक्रमित थपिएपछि संक्रमितको संख्या ८० पुगेको छ । तिलोत्तमामा संक्रमितको संख्या ५६ छ । ३२ जना निको भएर घर गएका छन भने बाँकी २४ जना आइसोलेसन सेन्टर र होम आइसोलेसनमा रहेको तिलोत्तमा नगरपालिका प्रबक्ता सुरेन्द्र श्री ले जानकारी दिनुभयो । 
 

प्रतिक्रिया दिनुहोस