बुधबार, ०७ असोज २०७७

बुटवलमा लकडाउन सुरु, भदौ ५ सम्म कायम रहने

रुपन्देही ३० साउन । बुटवलमा लक डाउन सुरु भएको छ । गएराती ११ बजेर ४५ मिनेट देखी सुरु भएको लक डाउन भदौ ५ गते राती ११ बजेर ४५ मिनेट सम्म कायम रहने बुटवल उपमहानगरपालिकाले बताएको छ । 

पछिल्लो समय समुदाय स्तरमा कोरोना संक्रमण भेटिएर जोखीम बढ्न थालेपछि एक हप्ता लकडाउन गर्ने निर्णय गरिएको उपमहानगरका उपप्रमुख गुमादेबी आचार्यले बताउनु भयो । बुटवलका अधिकांस बडाहरुमा संक्रमण बढ्दै गएको र आवश्यक सर्तकता नपनाउने हो भने थप भयावह हुने अबस्था देखेर लकडाउनको निर्णय गरिएको बताउनु भयो । 

उहाँले लकडाउनको पूर्णत पालना गराउनका लागि अनुगमन र कारवाहीलाई संगसंगै लैजाने बताउनु भयो । निर्माण कार्यमा प्रयोग भएका मजदुुरले सुरक्षा मापदण्ड नअपनाएको पाइने टोल समितिमा खबर गर्न उहाँले आग्रह गर्नुभयो । लकडाउन उपमहानगरपालिकाको लागि नभएर आफनै सुरक्षाको लागि हो भनेर सोच्न उपप्रमुख आचार्यले अनुरोध गर्नुभयो । 

लकडाउनको अवधिमा सबै पसल तथा व्यवसाय बन्द हुने छ । खाद्यान्न पसलहरु विहान ७ बजेबाट ११ बजेसम्म मात्र खुल्न पाउनेछन् । डेरी पसलहरु विहान ७ बजेबाट ११ बजेसम्म र साँझ ५ बजेबाट ७ बजेसम्म खोल्न पाइने छ । बैङक तथा बित्तिय संस्थाहरु बिहान १० बजेदेखि दिउसो २ बजेसम्म ५० प्रतिसत मात्रै जनसक्ति राखेर सञ्चालन गर्न पाइनेछ । त्यसका लागि अनुमती भने अनिबार्य गरिएको छ । 

प्रतिक्रिया दिनुहोस