बुधबार, ०७ असोज २०७७

भदौ ५ गते सम्म बुटवलमा लकडाउन

रुपन्देही २८ साउन । बुटवलमा लक डाउन घोषणा गरिएको छ । बुटवल उपमहानगरपालिका कार्यपालिका बैठक बिहिबार राती १२ बजेदेखि भदौको ५ गते राती १२ बजे सम्मका लागि बुटवल उपमहानगर भित्र लकडाउन गर्ने निर्णय गरेको हो ।

बुटवलमा रहेकालाई बाहिर जान र बुटवल आउनका लागि समय दिएर बिहिबार राती देखि लक डाउन गर्ने निर्णय भएको उपप्रमुख गुमादेबी आचार्यले जानकारी दिनुभयो । लक डाउनको बेला अत्याबश्यक सेवा बाहेक सबै बन्द हुनेछन । बुटवल भित्रका खाद्यान्न पसलहरु बिहान ७ बजेदेखि ११ बजेसम्ममात्रै खुल्न पाउनेछन्। दुध डेरीहरु बिहान ७ देखि ११ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म मात्रै खुल्न पाउने छन्। 

सार्वजनिक र निजी सवारी पनि बन्द गरिएको छ। तरकारी बोक्ने गाडीहरु पनि परिचय पत्र बोकेर मात्रै सञ्चालन गर्न पाइनेछ। समूदायमा कोरोना संक्रमण फैलिएपछि उपमहानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको हो । लक डाउन खुलेपछि बजारमा मानिसहरुको भिडभाड बढेको र सामान्य सर्तकता समेत नअपनाएको देखिन्छ । 
 

प्रतिक्रिया दिनुहोस