बुधबार, ०७ असोज २०७७

रुपन्देहीमा आजदेखि दैनिक ८ घण्टा मात्रै पसल व्यबसाय सञ्चालन

रुपन्देही २६ साउन । रुपन्देहीमा सोमबार ( आज ) देखि ८ घण्टा मात्रै पसल खोल्न र व्यबसाय गर्न पाइने भएको छ । कोरोना जोखिमलाई मध्यनजर राखेर जिल्ला स्तरीय कोभिड १९ संकट व्यबस्थापन केन्द्रको बैठकले बिहान ११ बजेदेखि साँझ ७ बजे सम्म मात्रै पसल तथा व्यबसाय सञ्चालन गर्न दिने निर्णय गरेको हो । 

बेलहिया बाहेकका भारतीय नाकाहरुबाट हुने आवतजावत बन्द गर्ने निर्णय पनि बैठकले गरेको छ । अर्को निर्णय नहुदा सम्म पसल व्यबसाय खोल्ने समय बिहान ११ बजेदेखि साँझ ७ बजे सम्म र बेलहिया नाका बाहेक रुपन्देहीका अन्यनाकाबाट हुने ओहोरदोहोर बन्द गर्ने निर्णय भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेब पन्थले जानकारी दिनुभयो । 

जिल्ला १६ वटै पालिकाहरुमा एउटा एउटा क्वरेन्टीन सञ्चालन गर्ने र स्थानीय पालिकाहरुमा लाग्दै आएका हाट बजार बन्द गर्न निर्देशन दिइएको छ । निर्देशनलाई उलङघन गरे कारवाही हुन प्रमुख जिल्ला अधिकारी पन्थले बताउनु भयो । 
 

प्रतिक्रिया दिनुहोस