बुधबार, ०७ असोज २०७७

खानेपानी सस्थान बुटवलका प्रमुख श्रोत नखुलेको रकम सहित पक्राउ

रुपन्देही २६ साउन । नेपाल खानेपानी सस्थान बुटवलका प्रमुख सन्तोष शाह श्रोत नखुलेको रकम सहित पक्राउ परेका छन ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगालको टोलीले धादिङको धुनिबेसी नगरपालिका ८ खानीखोलाबाट श्रोत नखुलेको २ लाख ३३ हजार ५ सय नगद र बैङकमा रकम जम्मा गरेको ८ लाख २२ हजार रुपैयाको भौचर सहित नियन्त्रणमा लिएको हो । 

अख्तियारका प्रबक्ता तारानाथ अधिकारीका अनुसार प्रमुख इन्जिनियर साहले खानेपानी शाखा कार्यालयहरुका बिभिन्न व्यक्तिहरु संग घुस लिएर काठमाण्डौ तर्फ आउदै गरेको भन्ने सूचनाका आधारमा अख्तियारको टोली खटिएको थियो ।

उनी चढेको खानेपानी संस्थान बुटवलको लु १ ञ ९५ नम्बरको गाडी लाई रोकेर अख्तियारले साहलाई नियन्त्रणमा लिएको हो । केहिदिन अघि राजश्व अनुसन्धान बुटवलका प्रमुख बिजय रानालाई पनि अख्तियारले घुस सहित पक्राउ गरेको थियो । 
 

प्रतिक्रिया दिनुहोस