रुपन्देही २४ साउन । रुपन्देहीमा जिम तथा फिटनेस व्यबसाय संञ्चालन गर्दै आएका व्यवसायीहरु संगठित भएका छन् ।
रुपन्देही जिल्ला शारिरिक सुगठनका प्रशिक्षक तथा अन्र्तराष्ट्रिय शारिरिक सुगठनका निर्णायक केशववहादुर शाक्यको रोहवरमा शनिबार बुटवलमा सम्पन्न व्यबसायीको भेलाले बुटवल फिटनेस एण्ड जिम सेन्टरका प्रमुख प्रशिक्षक तथा अन्र्तराष्ट्रिय खेलाडी बिजेन्द्रमान श्रेष्ठको अध्यक्षतामा रुपन्देही जिल्ला जिम तथा फिटनेस व्यबसायी संघको तदर्थ समिति गठन गरेको हो ।
समितिको प्रथम उपाध्यक्षमा बिष्णु निषाद, द्धितिय उपाध्यक्षमा भुपाल गुरुङ , सचिब चन्द्रमान श्रेष्ठ, सहसचिब मानवहादुर राना, कोषाध्यक्ष अनमोल शाक्य रहनु भएको छ ।
१९ सदस्यीय कार्यसमितिका सदस्यहरुमा रञ्जु गौचन , कृष्ण श्रेष्ठ , सुरज राना , सरोजसिंह क्षेत्री, गणेश बश्याल, अमित पंगेनी रहनु भएको छ । त्यस्तै सदस्यहरुमा बिकास थापा, निरुपममान श्रेष्ठ , पुरन कार्की, उत्तम गुरुङ, फिरोज धुनिया, पवन के सि र प्रकास के सी रहनु भएको छ । जिल्लामा रहेका जिम तथा फिटनेस व्यबसायीको हक हित र व्यबसायको सुरक्षाको लागि सामूहिक आवाज उठान गर्नका लागि रुपन्देही जिल्ला जिम तथा फिटनेस व्यबसायी संघ गठन गरिएको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस