सोमबार, ३१ जेठ २०७८

कुल गार्हस्थ उत्पादनमा कोभिड – १९ को असर

सन् २०१४ देखी २०१६ सम्ममा विशेष गरेर गुयना, लाईबेरीया र सेरालियोनमा फैलिएको ईबोला भाईरसका कारण ति देशहरूको कुल गार्हस्थ उत्पादनमा ठुलो असर परेको थियो । जुन ८.६% ऋणात्मक थियो । तर, कोभिड – १९ को असर विश्वव्यापी नै परेको छ । यस पटक बढी प्रभावित राष्ट्रको कुल गार्हस्थ उत्पादन औषतमा ८.७% ले ऋणात्मक रहने देखाएको छ ।

यसको प्रभाव अझै कायम रहेकोले नतिजा अझै नकारात्मक हुन सक्छ । जवकी सन् १९१८ देखी १९२० मा विशेष गरेर चीन, भारत, ईन्डोनेसिया, रुस, अमेरिका लगायत विश्वव्यापी फैलिएको स्पेनिस फ्लुको महामारीले विश्वको कुल जनसंख्याको २५% जनसंख्या प्रभावित हुँदा पनि कुल गार्हस्थ उत्पादनमा ०.८% ले परिवर्तन भएको थियो । यसको मतलव कोभिड – १९ ले कुल गार्हस्थ उत्पादनमा विश्वमा फैलिएका हाल सम्मका महामारी मध्ये सबै भन्दा ठुलो असर गरेको छ । 

नेपालको कुल गार्हस्थ उत्पादनमा कोभिड – १९ को क्षेत्रगत असर

कोभिड – १९ को असरले गर्दा नेपालको कुल गार्हस्थ उत्पादनमा २.३% ले गिरावट आउने अनुमान गरिएको छ । क्षेत्रगत प्रभाव हेर्ने हो भने, रेमिट्यान्स्, पर्यटन र निर्माण क्षेत्रमा कोभिड – १९ को असर उच्च छ । जसको कुल गार्हस्थ उत्पादनमा क्रमसः २५.३%, ६.७% र ७.७७% योगदान रहेको छ । त्यसै गरेर सबै भन्दा बढी योगदान हुने क्षेत्र खाद्य तथा कृषि क्षेत्रमा पनि कोभिड – १९ को मध्यम असर पर्ने देखिएको छ । आर्थिक वर्ष २०१८/१९ मा मात्र नेपालमा ८ खर्ब ७९ अर्व ३० करोड रेमिट्यान्स् भित्रियो ।

हाल नेपाली कामदारहरू १७२ राष्ट्रका लागि श्रम स्वीकृती लिएर काम गर्नछन् । विशेष गरेर कतार, यु.ए.ई., साउदी अरव, कुवेत, बहराईन, भारत, मलेसिया, अमेरीका, जापान र दक्षिण कोरिया प्रमुख गन्तव्य स्थल हुन । कोभिड – १९ कै कारण यि देशहरूमा भएको आर्थिक संकुचनले गर्दा कामदार कटौतीका नयाँ नियमहरू लागु हुदैछन् । जसको प्रत्यक्ष प्रभाव नेपाल जस्ता उच्च रेमिट्यान्स भित्र्याउने देशहरूलाई पर्दछ । 

अध्यागमन विभागका अनुसार, लकडाउनको अवधी २०७६ चैत्र १४ गते देखी २०७७ अषाढ ३१ गते सम्म जम्मा २७ हजार ५८३ जना नेपाली हवाई नाकाबाट नेपाल पर्किए । धेरै अझै आउने तयारीमा छन भने, धरै उद्दारको प्रतिक्षामा छन् । अवको विकल्प भनेको कम जाखिम भएका क्षेत्रमा रोजगारी सृजना गर्ने र उच्च जोखिमयुक्त क्षेत्रलाई नयाँ ढंगबाट उकास्नु नै हो ।  

साभार : Coronavirus CivActs Campaign Bulletin

प्रतिक्रिया दिनुहोस